जेष्ठ सदस्य पशुपति शमशेर राणाले लिए शपथ

Bhugolpark

६ पुष, २०७९,०९:५४

काठमाडौंः प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । राष्ट्रपति निवास शीतल निवासमा आयोजित एक कार्यक्रममा राणाले राष्ट्रपति भण्डारीबाट बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। राणा राप्रपाका समानुपातिक सांसद हुन्।

उनको जन्म विसं १९९८ बैशाख २५ गते काठमाडौंको महाराजगन्ज भएको थियो । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले सपथ खुवाउने प्रावधान छ । सोहिअनुरुप राणाले भण्डारीसमक्ष शपथ लिएका हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत सहभागी थिए।बिहीबार राणाले अन्य सांसदहरुलाई शपथ खुवाउने कार्यसूची छ। 


339 Views

Comments