उपसचिव हेमराज विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Bhugolpark

१५ श्रावण, २०८०,१४:३०

असार १५, काठमाडौँ । सरकारी सेवामा प्रवेश गरेको २ दशकमै काठमाण्डौँमा मात्रै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल दार्चुला शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर स्थायी घर भएका वन विभागका उपसचिव हेमराज विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रोत नखुलेको अकुत सम्पत्ति कमाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राष्ट्रसेवक कर्मचारीहरूलाई हामीहरू देश र जनताको पक्षमा काम गर्ने स्थाई सरकार भन्ने गर्छौँ । उनीहरूको दायित्व राज्यको नीति नियमलाई कार्यन्वयन गरी देश र जनहितमा काम गर्नु हो । हाम्रो गाँस कटाएर तिरेको करबाट उनीहरू तलब भत्ता लिने गर्छन् । तर दूर्भाग्य केही कर्मचारीहरू भने नेताहरूको आडमा राज्य दोहन गरी अकुत सम्पति कमाउँन लागि परेका छन् ।

वन विभागका उपसचिव हेमराज विष्ट जस्ता भ्रष्ट कर्मचारीहरू यस्ता प्रतिनिधि पात्र मात्र हुन । यस्ता कर्मचारीहरूले कसैको आड भरोसा वेगर अकुत भ्रष्टचार गर्न नसक्ने भएकाले विशेष अदालतले भ्रष्टचारीहरूको छानविन गर्दा मुल जरोसम्म पुगोस् एवं जुनसुकै वर्ग वा तप्काको भ्रष्टचारी भएपनि निर्मम छानविन गरी दोषीहरूबाट विगो बमोमिम साँवा र् ब्याज असुलउपर गरी प्रचलित कानूनअनुसार कार्वाही गरोस् । स्रोत : पूर्वसचिव भीम उपाध्यायको फेस बुक पेज ।



771 Views

Comments