कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कार्की र माओवादीका आङ्बोको दावी

Bhugolpark

२७ बैशाख, २०८१,१२:३७

२६ असोज, मोरङ । कोशी सरकार बनाउने अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसका नेता कोइरालानिकट केदार कार्कीलाई कांग्रेसका ८ र एमालेका ३९ र माओवादीका नेता इन्द्रबहादुर आङ्बोलाई कांग्रेसको २९, माओवादीका १३, नेकपा (एस)का ४ र जसपाका १ सांसदको समर्थनमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् भने राप्रपाले भने बिहान बसेको बैठकले यथास्थितीमा कसैलाई समर्थन नगर्ने विकशित घट्ना क्रम हेरेर उपयुक्त समयमा निर्णय गर्ने जनाएको छ ।

कार्कीको समर्थक गर्ने कांग्रेसका ८ सांसदले अन्य कसैले आफूहरूको हस्ताक्षरसहित दाबी पेस गरेको भए फर्जी हुने भन्दै सामूहिक रुपमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन बुझाएका छन् । कार्कीलाई समर्थन गर्ने कांग्रेस सांसदहरूमा इलामका शम्शेर राई र गोविन्द गिरी, उदयपुरका रामकुमार खत्री र लीलाकुमारी राई, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीकी सुनिताकुमारी गुरुङ छन् । एमालेका ४० सांसदमध्ये सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारबाहेक ३९ जनाले कार्कीलाई समर्थन गरेका छन् ।

माओवादीका आङ्बोले कांग्रेसको २९, माओवादीका १३, नेकपा (एस)का ४ र जसपाका १ गरी ४७ सांसदहरूको हस्ताक्षरसहित दाबी पेस गरेका हुन । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गरेका सांसदको हस्ताक्षर सनाखत गराए मात्रै शुक्रबार साँझ ५ बजेपछि मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सनाखत गराउने क्रममा आङ्बो र कार्की दुवै पक्षका मध्ये एक जना पनि सांसद अनुपस्थित भएको अवस्थामा कोशी प्रदेश मध्यावधि चुनावमा जाने जोखिम कायमै देखिन्छ । प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दुई जनाले दाबी पेस गरेकाले संविधान र कानुनी परामर्श गरेर सबै सांसदको सहयोगमा मुख्यमन्त्री नियुक्ति गर्ने बताएका छन् ।



302 Views

Comments