सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदिप गिरिको योगदान सदा स्मरणीय रहने बताएका छन्..." />
सभामुख 'सापकोटा'का नजरमा स्व.कांग्रेस नेता 'प्रदिप गिरी' नेपाली राजनितिका एक  सच्चा नायक

Bhugolpark

५ भाद्र, २०७९,११:४८

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदिप गिरिको योगदान सदा स्मरणीय रहने बताएका छन् ।

आइतबार  सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पुगेर दिवंगत गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका सभामुख सापकोटाले ट्वीट गर्दै  सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल गिरिको योगदान सदा स्मरणीय रहने बताएका हुन् ।    

‘सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल माननीय सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ’, सभामुख सापकोटाले भनेका छन्, ‘दिवंगत गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवार एवं आफन्तमा गहिरो समवेदना । नेपाली समाजमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।’  


410 Views

Comments