भारतले नेपाली लिपुलेख खोलेर यात्रा सुरु गर्‍यो, चीन सहमत, नेपाल हेरेको हेर्यै"

Bhugolpark

२४ बैशाख, २०८२,१४:१४

भारतले नेपालको भूमि लिपुलेख हुँदै कैलाशमानसरोवरसम्मको यात्रा पाँच वर्षपछि पुनः सुरु गर्न लागेको छ। भारतको विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्ति अनुसार सन् २०२५ को जुनदेखि अगस्टसम्म ३ महिनामा पाँचवटा समूह लिपुलेख हुँदै कैलाश मानसरोवर पठाउन लागिएको छ प्रत्येक समूह ५० जना हुनेछन्। यस अनुसार आगामी जुनदेखि अगस्टसम्म २५० जना भारतीय तीर्थयात्री लिपुलेख हुँदै कैलाशमान सरोवर पुग्नेछन् र सोही मार्गबाट फर्कनेछन्। यो यात्रा भारतको नयाँ दिल्लीबाट सुरु भएर उत्तराखण्डबाट नेपाली भूमि लिपुलेख हुँदै चीनको मानसरोवरसम्म पुग्नेछ सोही समयमा भारत सरकारले सिक्किमको नाथुलाबास हुँदै १० वटा समूहलाई पठाउने तयारी गरेको छ। यस समूह पनि ५० जना तीर्थयात्री रहनेछन् जुनदेखि अगस्टसम्म को समयमा कैलाशमानसरवार जान चाहने यात्रुहरूलाई निवेदन दिन भारतको विदेश मन्त्रालयले आह्वान गरेको छ आवेदन भारतीय नागरिकहरूले मात्र दिन पाउनेछन्। आवेदनको लागि सञ्चालनमा ल्याइएको छ भारत सरकारले कैलाशमानसर्व यात्रामा जानेहरूका लागि सन् २०१५ देखि नै अनलाइन निवेदन दिने व्यवस्था गरेको थियो। यस वर्ष मे १३ सम्म अनलाइन आवेदन दिने अन्तिम मिति तोकिएको छ। परेका आवेदनहरूलाई कम्प्युटरको माध्यमबाट कैलाशमानसरवार जाने यात्रुहरू छनोट गरिने मन्त्रालयले जनाएको छ। सन् २०१९ को अन्तिममा कोभिडले गर्दा चीनले कैलाशमान सरोवर यात्रालाई रोकेको थियो। त्यसपछि भारतीय र चिनिया सेनाबीच सीमामा हिंसात्मक झडप भयो कोभिड महामारी भएर भन्दा पनि यही झडपको कारणले चीनले भारतबाट सिधै मानसरोवररको यात्रामा रोक लगाएको थियो। तर यस अवधिमा चीनले नेपालबाट जाने तीर्थयात्रीहरुलाई भने खुल्ला गरेको थियो। सन् २०२४ डिसेम्बरमा भारत र चीनले कैलाशमानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति गरेका थिए। तर उनीहरूले कुन मार्ग पुनः सञ्चालनमा ल्याउने भन्ने खुलासा गरेका थिएनन्। अहिले भारतको विदेश मन्त्रालयले तीर्थयात्रीहरुलाई आवेदन खुलाएसँगै मार्ग पनि खुलाएको छ। भारतले लिपुलेख पास हुँदै तीर्थयात्रीलाई कैलास मानसरोवर पठाउने प्रक्रिया सुरु गरेको छ। लिपुलेख नेपाली भूभाग रहे पनि लामो समयदेखि भारतले आफ्नो नियन्त्रणमा राखेको छ नेपालले वर्षौंदेखि लिपुलेख कालापानी र लिम्पिया धुरा फिर्ताको लागि भारतलाई आग्रह गर्दै आएको छ तर भारतले भने आग्रहलाई व्यवस्था गर्दै आएको छ भारत र चीनबीच २०२४ डिसेम्बर १८ मा नेपाली भूमिबाट कैलाशमानसरोवर यात्रा पूर्ण सञ्चालन गर्ने निर्णय गरेका थिए। bbc हिन्दीका अनुसार प्रत्येक वर्ष ९०० भारतीय कैलास मानसरोवर यात्रामा जानेछन् तीर्थयात्री हरु यात्राका लागि नयाँ दिल्लीबाट सुरु गरी टनकपुर पियुडागर धाचुला गुन्जी कालापानी नाबियाङ लिपुलेख पास टक्लाकोट हुँदै कैलाश मानसरोवरका लागि पुग्ने छन् । यो यात्रा २२ दिनको हुनेछ यो यात्राको लागि १ लाख७४ हजार भारतीय रुपैयाँ लाग्नेछ।


123 Views

Comments