अघोषित नजरबन्दमा पूर्व राजा ज्ञानेन्द्र शाह नगरकोटबाट आए लगत्तै

Bhugolpark

२८ बैशाख, २०८२,१९:४४

पुर्व राजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द!

काठमाडौं- राजावादी आन्दोलनको तयारी भैरहेका बेला ज्ञानेन्द्र शाहलाई सरकारले बिना घोषणा निर्मल निवासमा नजरबन्दमा राखेको छ।

उच्च स्रोतका अनुसार नेपाल प्रहरीका सिभिलका अधिकारी शनिबारदेखि खटाइएको हो।

शुक्रबार नगरकोटको १२ दिने बसाईपछी शाह निर्मल निवास फर्केका थिए।

यसबीचमा उनले राजावादी सबै पक्षसित भेट गरेका थिए।

यसअघि राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखिएको थियो।

आइतबार मात्र शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ गरिएको छ।


381 Views

Comments