काठमाडौँ, जेठ १६: चितवनको भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेकाहरुलाई सकुशल उद्धार गरिएको हो । गिट्टी बालुवा बोक्न प्रयोग गरिएको एउटा टिपर भने नदीको बाँध फुटेको ठाउँमा डुबेको छ ।
Comments