चुरोटको एक कश = सिंगो परिवारको बिचली!”

Bhugolpark

५ श्रावण, २०८२,१६:१८

सामान्य देखिने एउटा चुरोटको प्रत्येक कशले तपाईंको जीवन मात्र होइन, तपाईंको परिवारलाई समेत अन्धकारतर्फ धकेलिरहेको हुन्छ। कहिल्यै सोच्नुभएको छ — तपाईंले मज्जाले तानेको त्यो धुँवाले तपाईंको छोरीको भविष्य, आमाको स्वास्थ्य, जीवनसाथीको सपना र बाबुको बुढ्यौली लुटिरहेको छ? धुँवा तपाईँले तान्नुहुन्छ, रोग सबैले भोग्छन्, चुरोटको धुँवा सिधै तपाईंको फोक्सोमा मात्र होइन, तपाईंको नजिकै रहेका निर्दोष बच्चा, श्रीमती, बुबाआमाको शरीरमा पुगिरहेको हुन्छ। तिनीहरूले कहिल्यै चुरोट नसमाते पनि, तपाईंको बानीले उनीहरूलाई पनि रोगी बनाइरहेको हुन्छ — यसैलाई भनिन्छ ‘सेकेन्ड ह्यान्ड स्मोक’, जुन अझ खतरनाक हुन्छ।


चुरोट एक्लै खानुहुन्छ, तर असर सिंगो घरले बेहोर्छ, तपाईंको छोरीले स्कुलको किताब माग्दा तपाईंको जवाफ हुन्छ: “अहिले छैन पैसा।”श्रीमती अस्पताल जान खोज्दा तपाईं भन्नुहुन्छ: “थाहा छैन, धेरै खर्च भइसक्यो।” तर तपाईं दिनको सयौँ रुपैयाँ चुरोटमा जलाइरहनुहुन्छ। यो खर्च होइन, तपाईंले आफ्नो परिवारप्रति गरेको अन्याय हो।

Surreal illustration of a giant anthropomorphic cigarette smoking a melting  human head. on Craiyon

एक वर्षको चुरोट खर्च = एक मोटरसाइकलको किस्ताको पैसा! दिनको दुईप्याक चुरोट खानुहुन्छ? महिनामा करिब रु ३,०००,

वर्षमा रु ३६,०००! त्यो पैसाले तपाईंको छोराको स्कुल फिस, श्रीमतीको स्वास्थ्य जाँच, परिवारको पिकनिक सबै हुन सक्थ्यो।

तर त्यसको सट्टा, तपाईं त यो पैसाले आफ्नो मृत्यु किन्न लागिरहनु भएको छ। चुरोट त एक बानी होइन, आत्महत्या गर्न सुरु गर्ने शैली हो! हरेक वर्ष लाखौं मानिस चुरोटजन्य रोगले मर्छन्। फोक्सो क्यान्सर, मुटु रोग, स्ट्रोक, मुख क्यान्सर... यी कुनै पनि नाम तपाईंको रिपोर्टमा देखियो भने चकित नहुनुहोस्। त्यस्तो दिन नआओस् भनेर आजै निर्णय लिनुहोस्।



अब पनि समय छ: चुरोट छाडौं, परिवार बचाऔं! तपाईंको छोरा तपाईंलाई बलियो देख्न चाहन्छ, खोकीले हाँपिराखेको होइन।

तपाईंकी छोरी तपाईंलाई स्कुलसम्म पुर्‍याउने बाबा चाहन्छिन्, अस्पतालसम्म बोकेर लैजाने होइन। तपाईंको परिवारलाई तपाईं चाहिएको हो — जिन्दगीभर, जिन्दगीसँग!


Tobacco and cancer - what are the risks?Get full information about it

 "आजैबाट अन्त्य गरौं त्यो सस्तो देखिने महँगो लत — चुरोट!"


179 Views

Comments