८ साउन, काठमाडौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर यस्तो माग राखेका हुन् ।
महासंघका प्रतिनिधिहरु प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए ।महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्न पनि माग गरेका छन् ।
यसैगरी, २५०० भन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित बनाएको भन्दै महासंघले यो समस्या समाधान गर्ने गरी नेतृत्व लिइदिन महासंघले अनुरोध गरेको
छ । महासंघका मागहरू सुनेपछि अध्यक्ष प्रचण्डले जायज माग पूरा गर्न पहल लिने बताए ।
Comments