भारतीय विदेश सचिव भदौमा काठमाडौं आउँदै

Bhugolpark

२२ श्रावण, २०८२,१०:०८

२२ साउन, काठमाडौं ;

भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । उनी अगष्ट १७ अर्थात् आगामी भदौ १ गते काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने तय भएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताउँछ । प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ ।


साउनको सुरुवातमा प्रधानमन्त्री कार्यालय स्रोतले ओलीको आसन्न भारत भ्रमण भदौ ३१ मा हुने जनाएको थियो । ‘मिश्री नेपाल आएका बेला प्रधानमन्त्रीको भारत भ्रमण लगायत दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल हुन्छ,’ स्रोतले भन्यो ।


92 Views

Comments