काठमाडौं; धादिङमा पृथ्वी राजमार्गमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । गजुरी गाउँपालिका–६, जहरेखेतमा सडक अवरुद्ध भएको हो ।
शुक्रबार (साउन २३) बिहान करिब ६ः१० बजे उक्त स्थानमा रुखसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । वर्षासँगै पहिरो खसेको थियो । बिहान ७ः५० बजे सडक एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।
Comments