"जेसिका रेडक्लिफ र ओर्का आक्रमण: अफवाह कि वास्तविकता?"

Bhugolpark

२६ श्रावण, २०८२,११:३८

अन्तर्राष्ट्रिय सामाजिक सञ्जालमा भाइरल भइरहेको “Jessica Radcliffe Orca Attack Incident” भन्ने भिडियो र कथा पूर्ण रूपमा काल्पनिक भएको पुष्टि भएको छ। मरीन पार्क शोमा प्रशिक्षक जेसिका राडक्लिफमाथि ‘किलर व्हेल’ (Orca) ले आक्रमण गरेको भन्दै देखाइएका दृश्यहरू वास्तविक घटना नभई कृत्रिम रूपमा तयार गरिएको भिडियो हुन्।


विदेशी समाचार माध्यमहरूका अनुसार उक्त भिडियोको अडियो र दृश्यहरू AI प्रविधिबाट बनाइएको हुन्। घटना सम्बन्धी कुनै पनि आधिकारिक समाचार, मरीन पार्कको प्रेस विज्ञप्ति वा प्रहरी प्रतिवेदन सार्वजनिक भएको छैन। यसबाट यो सामग्री केवल clickbait र sensational प्रचारका लागि तयार गरिएको पुष्टि हुन्छ।

Jessica Radcliffe e l'attacco mortale dell'orca: bufala virale o tragedia  reale? | Notizie Audaci

यद्यपि अतीतमा मरीन पार्क तथा सिओर्ल्ड जस्ता संस्थानमा Orca बाट आक्रमण भएर प्रशिक्षकको मृत्यु भएका वास्तविक घटनाहरू छन् —

• २०१० मा SeaWorld मा प्रशिक्षक डन ब्रान्चेउ लाई Orca ‘Tilikum’ ले आक्रमण गरी मृत्यु भयो।

• २००९ मा स्पेनको लोरो पार्कमा प्रशिक्षक एलेक्सिस मार्टिनेज Orca ‘Keto’ को आक्रमणमा परी मृत्यु भए।

• १९९१ मा क्यानडामा प्रशिक्षक केल्टी बर्न Orca द्वारा पानीभित्र तानेर डुबाइएकी थिइन्।

यी घटनाहरूले Orca लाई बन्दचर अवस्थामा राखेर हुने प्रदर्शन जोखिमपूर्ण हुने प्रमाणित गर्छन्। तर, अहिले भाइरल भएको Jessica Radcliffe Orca Attack भिडियो पूणर्रूपमा अफवाह मात्र हो।

The TERRIFYING Last Moments of Orca Trainer Jessica Radcliffe - YouTube


89 Views

Comments