लोसपामा अनिल झा निष्कृय, पार्टी छाड्ने तयारी

Bhugolpark

२७ श्रावण, २०८२,११:५२

२७ साउन, काठमाडौं । वरिष्ठ नेता अनिल कुमार झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा निष्कृय भएका छन् ।


लोसपाका नेता राम प्रकाश चौधरीले अनिल कुमार झा पार्टीको बैठकमा सहभागी हुन छाडेको जानकारी दिए । ‘उहाँ पार्टीको बैठकमा आउन छाड्नु भएको ५/६ महिना जति भयो’ चौधरीले भने, ‘औपचारिक रुपमा उहाँले पार्टी छाड्नु भएको जानकारी छैन । पार्टीलाई जानकारी नभएपछि मलाई पनि थाहा हुने कुरा भएन ।’

उनी २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानी मन्त्री समेत भएका थिए । २०७९ को चुनावमा भने उनी पराजित भए ।


झा विद्यार्थी जीवनदेखि नै राजनीतिमा छन् । सद्भावना पार्टीमा आवद्ध भएर राजनीतिक जीवन सुरु गरेका उनी लामो समय सोही पार्टीमा रहे । मधेश केन्द्रित दल जुट्ने र फुट्ने प्रक्रियामा उनी विभिन्न पार्टीमा आवद्ध हुन पुगे । पछिल्लो समय लोसपामा रहेका उनी उक्त पार्टीमा सकृय छैनन् ।

स्रोतका अनुसार नेता झा लोसपा औपचारिक रुपमै छाड्ने तयारीमा छन् ।


23 Views

Comments