माओवादी बैठकको उदघाटनमै होहल्ला, पत्रकारलाई बाहिर निकालियो

Bhugolpark

९ आश्विन, २०८२,१२:३३

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको सुरुमै होहल्ला भएको छ । होहल्लापछि पत्रकारहरुलाई बाहिर निकालिएको छ । बैठक उदघाटन समारोहको रिपोर्टिङ गर्न पत्रकारहरु गएका थिए ।

बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका थिए । तर पार्टीले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गरेर टोली नेताले बैठकमा धारणा राख्ने तयारी गरिएको थियो । त्यसको विरोध गर्दै प्रत्येक सदस्यले बोल्न पाउनुपर्ने माग उठेपछि बैठक हलमा होहल्ला भएको थियो ।

त्यसपछि महासचिव देव गुरुङले पत्रकारहरुलाई बाहिर गइदिन भनेका हुन् । बैठकमा महासचिव गुरुङले बैठकका एजेण्डा प्रस्तुत गरेका छन् । विशेष महाधिवेशन, आम निर्वाचन, पार्टी एकता लगायत विषय बैठकका एजेण्डा छन् ।


79 Views

Comments