हितेन्द्रदेवको ०७८ को र अहिलेको रिट एकसाथ, न्यायाधीशद्वय सुवेदी र पौडेलको इजलासमा

Bhugolpark

२२ मंसिर, २०८२,१२:००

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट दोस्रोपटक हटाइएका हितेन्द्रदेव शाक्यको रिट न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।

०७८ मा कार्यकारी निर्देशकमा नियुक्ति भएको केही महिनामै हटाइएपछि रिट दायर गरेका शाक्यको अहिलेसम्म फैसला भएको छैन । कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि पुनः हटाइएका शाक्यले अर्को रिट हालेका छन् ।

उनको रिट पहिलेकै रिटसँग लगाउमा राखिएको छ । यससँगै घिसिङले आफूलाई चार महिना बाँकी रहँदै हटाइएको भन्दै गत वर्ष दायर गरेको रिट पनि एकसाथ राखिएको छ ।


31 Views

Comments