जाकार्तामा आगलागी, २२ जनाको मृत्यु

Bhugolpark

२४ मंसिर, २०८२,१०:४२

२४ मंसिर, काठमाडौं । इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ ।

सात तले भवनमा मंगलबार दिउँसो आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । जाकार्ताका प्रहरी प्रमुख सुसात्यो पुरनोमो कान्ड्रोले केही कर्मचारी दिउँसोको खाना खाँदै गर्दा आगलागी भएको बताएका छन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा पहिलो तलामा ब्याट्री विष्फोट हुँदा भवनमा आगो सल्किएको अनुमान गरेको छ । आगलागी भएको भवन ड्रोन निर्माण गर्ने एक कम्पनीको भएको बताइएको छ ।

प्रहरीका अुनसार आगलागीमा परी मृत्यु हुनेमा अधिकांश महिला छन् । जसमध्ये एक महिला गर्भवती थिइन् । अधिकांशको मृत्यु धुँवामा निसास्सिएर भएको प्रहरीले जनाएको छ ।

 


58 Views

Comments