कञ्‍चनपुर- ३ मा रमेश लेखकको अग्रता कायमै, पछ्याउँदै निरु पाल

Bhugolpark

५ मंसिर, २०७९,११:१५

महेन्द्रनगर : कञ्‍चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। २१०० मत गणना हुँदा प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसका रमेश लेखकले ११४५ मतसहित अग्रता कायम राखेका हुन्।

 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निरु पालले ६३० मत प्राप्त गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले ७२ मत प्राप्त गरेका छन्।स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले  २७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार शारदा चन्दले ११ मत प्राप्त गरेकी छन्।


331 Views

Comments