उनको पक्षमा ३२ र विपक्षमा २६ मत परेको छ।
नेकपा एमाले ज्येष्ठ सदस्य नेकपा एमालेका मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएनन्।यस्तै कांग्रेसका एक जना सदस्य पनि अनुपस्थित रहे।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भने हिजो नै विश्वासको मत पाएका थिए ।
प्रदेश ४ ले मुख्यमन्त्री सभामुख निर्वाचित गरिसकेको छ ।नेकपा एमालेले मुख्यमन्त्री र नेकपा माओवादीले सभामुखमा बाजी मार्न सफल भएको छ ।उहाँहरूसबैलाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई एवं सुशासनको सफलताको शुभ कामना ।
गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई ६ मतले पछाडि पार्दै धिताल सभामुखमा निर्वाचित भएका हुन् । धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत ल्याएकी छन् । प्रदेशसभा बैठकमा ५८ जना सांसद सहभागी थिए । सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिएका थिए।
नेकपा(एमाले)बाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएनन्। यस्तै कांग्रेसका एक जना सदस्य पनि अनुपस्थित रहे।
शनिबार बसेको प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा धिताललाई सांसद फणीन्द्र देवकोटाले सभामुखको लागि प्रस्ताव पेस गरेका थिए भने एमाले संसदीय दलका प्रमुख सचेतक रोशनबहादुर गाहाले समर्थन गरेका थिए । संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ७ अनुसार धिताल सभामुखमा पदमा निर्वाचित भएका हुन् ।
भिमसेन गाउँपालिका-२ का धिताल गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनलाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले पक्षमा मत दिएका थिए ।
स्याङ्जाको वालिङ नगरपालिका-८ कि तिवारी समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । तिवारीलाई सांसद डिल्लीराम सुवेदीले प्रस्ताव प्रस्तुत गरेका थिए भने टकराज गुरूङले समर्थन गरेका थिए । शनिबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता गरिएको थियो । प्रदेशसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बसेको थियो । सोही मिति अनुसार माघ २ गते १५ दिन पुग्छ । ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका २२, राप्रपाका २, स्वतन्त्र सांसद र प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको कांग्रेसका २७ सांसद रहेका छन् ।
प्रदेश ४ का गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत पाएका थिए ।
६० सदस्यीय प्रदेशसभामा:पक्षमा ३१ सांसद विपक्षमा २७ मत, स्वतन्त्र सांसद राजीव गुरुङ अनुपस्थित
नेकपा एमाले ज्येष्ठ सदस्य नेकपा एमालेका मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएका थिएनन्।
स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे ।सभामुखको भूमिकामा रहेका जेष्ठ सदष्यले भोट हालेनन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हिजो विश्वासको मत पाएका थिए । नेकपा एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका थिए ।
स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे । नेकपा एमाले ज्येष्ठ सदस्य नेकपा एमालेका मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएका थिएनन्।
Comments