कैलाली-२ बाट निर्वाचित सांसद अरुण चौधरी पक्राउ

Bhugolpark

१९ माघ, २०७९,१६:४७

नेपालगञ्ज : प्रहरीले कैलाली-२ बाट निर्वाचित सांसद अरुण चौधरीलाई पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो। 

प्रहरीले चौधरीलाई बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार बाँकेको बैजनाथ गाउँपालिका-१ को चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका थिए। उनी नागरिक उन्मुक्ति पार्टीको प्रतिधितित्व गर्दै संसदमा प्रवेश गरेका हुन्। 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा चौधरी २१ हजार ८७१ मत ल्याएर विजयी भएका थिए। उनले एमालेका झपटबहादुर रावल र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवाललाई पराजित गरेका थिए। रावलले १६ हजार १२८ मत पाएका थिए भने बडुवाल १५ हजार ११६ मतसहित तेस्रो भएका थिए। 

त्यसअघि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले अघिल्लो स्थानीय तह निर्वाचनमा लम्की चुहाबाट पराजित भएका थिए भने लगत्तै सम्पन्न प्रदेशसभामा निर्वाचनमा पनि पराजित भएका थिए।



192 Views

Comments