कृषि विकास बैंकका नयाँ सीईओ गोविन्द गुरुङले गरे पदभार ग्रहण

Bhugolpark

८ फाल्गुन, २०७९,१५:४०

भूगोल पार्कले लामो समयदेखि कृषि विकास बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । कृषि विकास बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएकोले यो बैंक नेपालीहरूको मनमा बस्न सफल भएको हो।यो बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येको एक बैंक हो।नेपालिको जनजनको मनमा बस्न सफल कृषि विकास बैंक हो।

भूगोल पार्कको तर्फबाट कृषि विकास बैंकका नयाँ सीईओ गोविन्द गुरुङले पदभार ग्रहण गर्नुभएकोले उहाँलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना !

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन् ।

सिइओ छनोट समितिले सिइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो । नवनियुक्त सीईओ गुरुङसँग देश तथा विदेशका बैंकङमा २६ वर्ष काम गरेको अनुभव रहेको छ ।

उहाँ यसअघि म्यान्माको म्यान्मा सिटिजन्स बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहेका थिए । विदेशी बैंकको सिइओ बन्ने गुरुङ नै पहिलो नेपाली नागरिक हुन् । यसअघि उनी सिभिल बैंकको सिइओसमेत थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।



179 Views

Comments