भूगोल पार्कले नबिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू सर्वसाधरणले बोलपत्रको माध्यमबाट इच्छुक आवेदकले न्युनतम ४७५ रुपैयाँ वा त्यो भन्दा बढिमा आवेदन दिन सक्नेछन् एवं संस्थापक सेयर किन्नको लागि सनराइज क्यापिटल लिमीटेड कमलपोखरी काठमाडौँमा गएर रू १०० को निवेदन भर्नुपर्नेछ साथै संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्तिले न्युनतम १००० कित्ता अनिवार्य भर्नुपर्ने छ भन्ने बारेमा सूचना प्रवाह गर्ने जमर्को गरेको छ।
नबिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।
बैंकले उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम ४७५ रुपैयाँ तोकिएको छ । इच्छुक आवेदकले न्युनतम ४७५ रुपैयाँ वा त्यो भन्दा बढिमा आवेदन दिन सक्नेछन् ।
बैंकले संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरूलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले १५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।
बिक्री प्रबन्धक भने सनराइज क्यापिटल लिमीटेड कमलपोखरी काठमाडौँलाई तोकिएको छ। संस्थापक सेयर किन्नको लागि सनराइज क्यापिटल लिमीटेड कमलपोखरी काठमाडौँमा गएर रू १०० को निवेदन भर्नुपर्नेछ । संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्तिले न्युनतम १००० कित्ता अनिवार्य भर्नुपर्ने छ।
Comments