काठमाडौँ महानगरले कुहिने फोहोरबाट कम्पोस्ट मलको परीक्षण उत्पादन सुरु गर्यो

Bhugolpark

१३ फाल्गुन, २०७९,१४:३६

भूगोल पार्कले आज काठमाडौँ महानगरले कुहिने फोहोरबाट कम्पोस्ट मलको परीक्षण उत्पादन सुरु गरेको विषय लिएर पाठकहरूलाई समाचार दिने जमर्को गरेको छ।

काठमाडौँ महानगरपालिकाले सङ्कलित कुहिने फोहोरबाट कम्पोस्ट मलको परीक्षण उत्पादन सुरु गरेको छ । महानगरको कृषि तथा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले महानगरको टेकुस्थित फोहोर ट्रान्सफर स्टेसनमा बिहीबारबाट कम्पोष्ट मलको परीक्षण उत्पादन सुरु गरिएको जानकारी दिए । 

उनका अनुसार करिब १२ टन कुहिने फोहोरबाट कम्पोस्ट मलको उत्पादन सुरु गरिएको हो । फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्न करिब एकदेखि तीन महिनासम्मको समय लाग्ने गर्दछ । 

प्रत्येक वडास्तरबाट नै कम्पोस्ट मल उत्पादन गर्ने योजना महानगरको रहेको बताउँदै उनले अब छिट्टै नै फोहोर विसर्जन गर्दै आइएको बन्चरेडाँडाबाट समेत कम्पोस्ट मलको उत्पादन सुरु गरिने जानकारी दिए । कम्पोस्ट मल उत्पादनको लागि स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याइने अभियानलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउँदै विभाग प्रमुख श्रेष्ठले कम्पोस्ट मल उत्पादनमा महानगरपालिकाले वडालाई उपकरण र भाँडो खरिदमा सघाउने जानकारी दिए ।   



288 Views

Comments