ग्लोबल आइएमई बैंकको संस्थापक शेयर लिलामीमा

Bhugolpark

१५ फाल्गुन, २०७९,१६:४९

१५फागुन, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

भूगोल पार्कले लामो समयदेखि ग्लोबल आइएमई लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । ग्लोबल आइएमई लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएकोले यो बैंक नेपालीहरूको मनमा बस्न सफल भएको हो।यो बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येको एक हो।

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि माग गर्दै निवेदन दिएको थियो । शेयरधनीहरुले निवेदन दिएपश्चात बैंकले उक्त शेयर लिलामीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र कम्पनी रजिष्टर्डको कार्यालय कमलादीमा आवेदन दिन अनुरोध गरेको छ ।



199 Views

Comments