बिद्युत प्राधिकरणको ल्यायो मोबाईल एप संचालनमा

Bhugolpark

१६ फाल्गुन, २०७९,१६:५९

 के-के छन् सुविधा ?

नेपाल बिद्युत प्राधिकरणले मोबाईल एप संचालनमा ल्याएको छ । प्राधिकरणले आफ्ना ग्राहकलाई सरल र सहज तरिकाले सेवा प्रवाह गर्ने उद्देश्यले मोबाईल एप सार्वजनिक गरेको जनाएको छ ।

एप मार्फत ग्राहकहरूले मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेसनहरूको जानकारी तथा विद्युत आपूर्ति सम्बन्धी विविध सूचना तथा जानकारीहरू प्राप्त गर्न सक्ने प्राधिकरणले जनाएको छ । 

आफ्नो मोबाइलको Play Store वा App Store मा गई NEA Official App डाउनलोड गरी आफ्नो ग्राहक विवरणहरू रजिस्टर गर्न सकिन्छ ।


148 Views

Comments