आजको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले दुवै दल प्रतिपक्षको कुर्सीमा

Bhugolpark

१७ फाल्गुन, २०७९,१२:३५

फागुन १७,काठमाडौं।आजको प्रतिनिधिसभाको बैठक रोचक दृष्य देखिने भएको छ। नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै दल प्रतिपक्षको कुर्सीमा बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएको एमाले प्रतिपक्षको कुर्सीमा बस्ने भएका हुन् ।

‘सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौं,’कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।तर नेपाली कांग्रेस भने छिट्टै नै सरकारमा जादैछ।

सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा परिरहेको बेला कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो । प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारबाट बाहिरिएसँगै एमाले भने प्रतिपक्षमा बस्न लागेको हो । त्यसका लागि संसद् सचिवालयमा पनि जानकारी गराइएको छ ।



198 Views

Comments