एलपी ग्यासको मूल्य भारतबाट बढेर आयो

Bhugolpark

१९ फाल्गुन, २०७९,१२:५२

फागुन १९,काठमाडौं।रशीया र युक्रेन युद्धको मार विश्वले भोगिरहेको वर्तमान परिपेक्षमा नेपाल जस्तो गरिब देशका जनताहरू थप आर्थिक मारमा पर्ने भएका छन्।सरकारले फजुल खर्ज घटाएर भएपनि जनतालाई थप मारमा पर्ने गरी ग्यासको मूल्य नबढाओस् भनी खवरदारीसमेत गर्दछौं।

भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३ सय ३९ रुपैयाँले बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार ग्यासको मूल्यमा उच्च वृद्धि भएर आएको निगमले जनाएको छ । 

भारतबाट ग्यासको मूल्य बढेर आएपनि पेट्रोल र डिजेलको मूल्य भने सामान्य घटेर आएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ तथा डिजेल प्रतिलिटर ५ रुपैयाँ ५ पैसा घटेर आएको छ ।


431 Views

Comments