२५ फागुन,काठमाडौँ ।भूगोल पार्कको प्रक्षेपणमा आठ दलीय गठबन्धन दलहरूको साझा निर्णय जनता समाजवादी पार्टीलाई दिने भएअनुसार आज जनता समाजवादी पार्टी नेपालले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै उनको जित सुनिश्चित छ।
झन आज बसेको एमाले सचिवालयको बैंठकले उपराष्ट्रपतिमा जसपालाई सघाउँने निर्णय गरेसँगै उनी निर्विरोध निर्वाचित हुने सम्भावना बढेर गएको छ। बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जसपा केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।
Comments