सगरमाथा लुम्बिनीका अध्यक्ष मनोहरले लिए शपथ,संचालक समितिमा ६ जना नियुक्त

Bhugolpark

३० फाल्गुन, २०७९,१२:२३

आजै नेपालको नंम्बर एक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको ग्रहक बनी सुवर्ण अवसर लिनुहोस् !

३० फागुन,काठमाडौं । भूगोल पार्कले समसामयिक देशविदेशको राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, पर्यटन आदि विषयमा हाम्रो पाठकहरूलाई जानकारी प्रवाह गरिरहेको छ।

आज भने छोटो समयमा नै नेपालीहरूलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गरी नेपाली जनजनको मनमुटुमा बस्न सफल सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोवार गरेका र सोही दिन बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरूको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरिएको विषय लिएर आएका छौं।

साबिक सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अजिथ आर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलँका) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह) गजेन्द्र लाल श्रेष्ठ, (सर्बसाधारण समूह) र त्यस्तै गरि साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मुल, (संस्थापक समूह) अरुण राज श्रेष्ठ, (संस्थापक समूह) कमल भटृराई, (सर्बसाधारण समूह) गरि ६ जनाको सञ्चालक समितिको गठन गरिएको छ ।

त्यसैगरी सोही बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको र नवनियुक्त अध्यक्ष मुलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ समेत लिएका छन् ।

भूगोल पार्कको तर्फबाट आगामी दिनमा यो इन्स्योरेन्स कम्पनीको ग्राहक बन्न आम नेपालीहरूलाई आह्वान गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. को उत्तरोत्तर प्रगति एवं संवृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।



203 Views

Comments