मन्त्रिपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुने

Bhugolpark

१० चैत्र, २०७९,१०:१९

१० चैत, काठमाडौं ।भूगोल पार्कले देश विदेशको समयसामयिक राजनीतिक, सामाजिक, आर्थिक, मनोरञ्जन आदि विविध विधामा पाठकहरूलाई जानकारी दिइरहैका छौं।आज भने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ गरेको जानकारी लिएर आएका छौ। बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।

आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् । मुख्य प्रतिस्पर्धा कुँवर र ज्ञवालीबीच हुने चर्चा छ ।



251 Views

Comments