नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं २ मा उजुरी दिएका हुन् ।
वैशाख ११,चितवन । चितवन–२ मा मतगणनाका लागि सुरु भएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरूबीच भाडभैलो भएको छ । आईतबार सम्पन्न मतदानपछि मतगणनाका लागि सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेस–एमालेले रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै उनीमाथि परेको उजुरीको कारवाही नभएसम्म मतगणनामा सहमति नजुट्ने अडान राखेका छन् ।
‘हुलदंगा गर्नेगरी १० वटा गाडीमा कार्यकर्ता लगेको, मौन अवधिमा भोट मागेको, मतदान केन्द्रमा हुलहुज्जत र नारावाजी गर्दै मतदाता प्रभावित बनाउने काम गरेको पाइएको छ । यो विषयमा कारवाही नभएसम्म मतगणना सुरु हुँदैन, सहमति जुट्दैन’, एक उम्मेदवारले भने, ‘ हामी यो अडानबाट पछि हट्दैनौ ।’ चितवन २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।
बैठकमा एमाले कांग्रेसको अडानमा रास्वपा सभापति रवि लामिछाने भने रक्षात्मक रुपमा प्रस्तुत भएका छन् । लामिछानेले सहमति जुटाएर चाँडै मतगणना सुरु गर्नुपर्ने र परिणाम घोषणा गर्नुपर्ने बताएका छन् ।
रास्वपाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी
नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं २ मा उजुरी दिएका हुन् । मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने-गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ ।
Comments