२६ वैशाख,काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताको छलफल भइरहेको छ ।
सो छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।
छलफल सुरू भएको जानकारी प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले दिएका छन् ।
तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक विषयमा कुराकानी हुने बताइएको छ ।
Comments