प्रतिनिधिसभा बैठकमा एमालेद्वारा प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरोध

Bhugolpark

२० असार, २०८०,१६:४७

बैठक आधा घण्टाका लागि स्थगित

असार २०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । बुधबार अपराह्न ४ बजे बसेको बैठकको सुरुमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले बोलेको कुराले नेपालको स्वाभिमानलाई ठेस पुगेको भन्दै नैतिकताको आधारमा राजीनामा मागेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेसहित विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले पठक पटक एमालेसहित विपक्षी दललाई बैठक सुचारु गर्नको लागि भन्दै बस्न आग्रह गरेका थिए । सभामुखले माओवादी नेत्रृ छिरिङ् शेर्पालाईं बोल्न समय दिएपछि लामाले जुम्लामा छुवाछुतको नाममा एक युवकले आफ्नो बहिनीलाईं प्रेमविवाह गरेको नाममा केटाको घर आगजनी गरेको र हाल प्रेमविवाह गरेका दम्पति हराइरहेको भन्दै राज्यको ध्यान जानुपर्ने बताइन । सभामुखको आग्रहपछि पनि प्रतिपक्षले लगातार संसद बैठक अवरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

प्रमुख प्रतिपक्षीको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक पनि स्थगित भएको थियो । ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३ बजेर एक मिनेटमा पुनः बस्ने गरी बैठक स्थगित गर्नुभएको थियो ।

बैठकको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गर्नुभयो । सो अभिव्यक्तिबारे सदनलाई जानकारी नगराएसम्म बैठक सञ्चालन हुने नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले भनेजस्तै हो भने, भारतको इसारामा बन्ने प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले जवाफ नदिएसम्म यो बैठक अवरुद्ध गर्छौं ।”

हालसम्म दुवै संसदको बैठक बस्न सकेको छैन् ।



223 Views

Comments