ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आज के निर्णय सुनाउँला ?

Bhugolpark

५ श्रावण, २०८०,१२:४०

साउन ५, काठमाडौँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले आज निर्णय सुनाउँदैछ।

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दामा सोमवारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीश प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा सुनुवाई भइरहेको छ। हिजो सुनुवाइ सकिएपछि सर्वोच्चले आज निर्णय सुनाउन लागेको हो ।


309 Views

Comments