क्रिकेट संघको पारस खड्कासहित कार्यसमिति गठन, दिवाकर घले बने अध्यक्ष

Bhugolpark

३१ श्रावण, २०८०,१६:५५

साउन ३१, काठमाडौं ।काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले निर्विरोध निर्वाचित भएका छन् । आज काठमाडौंमा भएको चौथो अधिवेशनले घलेको नेतृत्वमा पूर्व कप्तान पारस खड्कालाई १५ सदस्यीय कार्यसमितिमिा समेट्दै निर्विरोध निर्वाचित गरेको हो । कार्यसमिति सदस्यमा आएका पूर्व कप्तान खड्काको अबको यात्रा बागमति प्रदेशतर्फ अघि बढ्ने बाटो भने खुला भएको छ । कार्यसमितिको उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण जंग वहादुर राणा र कोषाध्यक्षमा विनितध्वज चन्द निर्विरोध निर्वाचित भए ।  

सदस्यहरूमा पूर्वकप्तान पारस खड्का, पूर्व महिला क्रिकेटर अमृता पौडेल, मनिष कुमार उपाध्याय ढुंगेल, अरुण सत्याल, विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमालराज गिरी, धिरेन्द्रलाल श्रेष्ठ र ज्योती गुरुङ सर्वसम्मत निर्वाचित भए । 

निर्वाचित भएपछि अध्यक्ष घलेले नेपाली क्रिकेटको विकासका लागि पारस खड्कासहित आफूहरूसँगै अघि बढेको बताउँदै सवैलाई मिलाएर अगाडि जाने बताए । उनले पारसलाई प्रदेशमा अघि बढाउने पनि प्रष्ट पारे । 

यस्तै, पूर्व कप्तान खड्काले क्रिकेटमा मैदान बाहिरको खेलमा होमिएको बताउँदै सवैको साथ पाउने विश्वास व्यक्त गरे । बागमति प्रदेशको अध्यक्षको तयारी गरेका खड्काले केही दिनमा आफूले औपचारिक घोषणा गर्ने पनि बताए । चुनाव भनेको सवैसँग सहकार्य र बाचाहरू पनि गर्नुपर्ने भएकाले आफूले पहिलो पटक यो प्रक्रिया फेस गरेकाले निकै च्यालेन्ज लागेको पनि स्वीकार गरे ।

साधारण सभाको काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा श्रेष्ठले नेपाली क्रिकेटलाई आफूले नजिकबाट नियालेको बताउँदै यसको विकासका लागि आफ सधैं साथमा रहने प्रतिवद्धता जनाए ।

काठमाडौंमा भएको चौथो अधिवेशनले घलेको नेतृत्वमा पूर्व कप्तान पारस खड्कालाई १५ सदस्यीय कार्यसमितिमिा समेट्दै निर्विरोध निर्वाचित हुनुहुने सबैलाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई एवं उहाँहरूको कुशल व्यवस्थापनमा क्रिकेट खेलाडीहरू विश्वकप क्रिकेटमा छनोट भई पदक जित्न सकुन भन्ने कामनासमेत गर्दछ ।



338 Views

Comments