भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यसम्पादन

Bhugolpark

४ जेष्ठ, २०८१,११:१०

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याटफर्ममा गत हप्ता भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा खेल्नुभएको भूमिका कस्तो लाग्यो ? भन्ने विषयमा ओपिनियन पोल (मनमौजी) बनाउँनुभएको थियो ।

भदौ २६, काठमाडौँ । भूतपूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परीक्षा (एसएलस) उत्तिर्ण भएका थिए ।

विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले वि.सं २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। पञ्चायती व्यवस्थाकाविरुद्धको सङ्घर्षका क्रममा ओली वि.सं २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए।

उनी प्रतिनिधि सभाको संसदीय निर्वाचनमा वि.सं २०६४ मा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार विश्वदीप लिङ्देल लिम्बूसँग पराजित भएपनि अन्य सबै प्रतिनिधि सभाको संसदीय निर्वाचनमा झापाका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन । उनी वि.सं २०५१ देखि २०५२ साल सम्म गृहमन्त्री, २०६४ देखि २०६५ सम्म उपप्रधान तथा परराष्ट्रमन्त्री भएका थिए ।

नेपालको ३८ औँ प्रधानमन्त्री वि.सं २०७२ असोज २४ गते देखि २०७३ साउन ९ सम्म पहिलो पटक प्रधानमन्त्री भएका ओली दोस्रो पटक वि.सं २०७४ फागुन ३ देखि २०७८ वैशाख २७ सम्म र तेस्रो पटक वि.सं २०७८ वैशाख ३० देखि २०७८ असार २८ सम्म प्रधानमन्त्री भएका थिए ।

तीन पटक नेपालको प्रधानमन्त्री भइसक्नुभएको भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यसम्पादनको विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा खेल्नुभएको भूमिका कस्तो लाग्यो ? भनि पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको थियो ।

उक्त ओपिनियन पोलमा ५,६८० भिवर्स रहेका थिए भने ६३४ जनाले भोटमा सहभागिता जनाउँदै आफ्नो अभिमत व्यक्तगर्नुभएको थियो ।

उक्त पोलको ६ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

भूगोल पार्कले भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यसम्पादनको विषयमा पोल बनाएको थियो । जसअन्तर्गत ओलीले संसदमा खेल्नुभएको भूमिका, ओलीले बनाएका प्रधानमन्त्री प्रचण्डद्बारा एमालेका मन्त्रीहरूलाई बर्खास्त , ओलीको शासनकाल, नेकपा एमालेले संसद बैठक अवरोधको विषय, उनको स्वभाव र कार्यसम्पादनका आधारमा मूल्याङ्कनका विषयमा संक्षिप्तमा चर्चापरिचर्चा गर्दै तपाईहरूले गर्नुभएको ओपिनियन पोलको अन्तिम नतिजा जस्ताको तस्तै सार्वजनिक गरेका छौँ ।

ओलीले संसदमा खेल्नुभएको भूमिका

मंसिरमा सम्पन्न चुनावमा नेकपा माओवादीले कांग्रेससँग चुनावी तालमेल गरेको थियो। उक्त गठबन्धनमा सामेल एमालेबाट अलग भएको माधवकुमार नेपाल नेतृत्वको दलसहित कुल पाँच दलले चुनावी तालमेल गरेका थिए।

तर सरकार बनाउँने विषयमा कांग्रेस-माओवादीबीच सहमति हुन सकेन र तत्कालीन राट्रपति विद्यादेवी भण्डारीले दिएको सरकार बनाउन सिमा घडकिन केही घण्टा बाँकी रहेको बेलामा भूतपूर्व प्रधानमन्त्री ओलीले नै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।

त्यपछि पुस १०, २०७९ मा माओवादीका पार्टी अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्मा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा तेस्रो ठूलो दलबाट प्रधानमन्त्री बनेका थिए । माओवादी र एमालेबीच तालमेलले गर्दा कांग्रेसले केन्द्र र सातै प्रदेशमा सरकार गुमाएको थियो । केन्द्रमा प्रधानमन्त्री पाएको माओवादीले सभामुख एमालेका देवराज घिमिरे र उपसभामुख रास्वपाकी इन्दिरा राणालाई बनाउँन पुग्यो ।

तर माओवादी विस्तारै ओलीले अनावश्यक घेराबन्दी गरेको भन्दै शशंकित हुन पुग्यो र राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादवलाई सघायो । त्यसपछि एमाले र माओवादीबीच दरार पैदा हुन पुग्यो।

पूर्व प्रधानमन्त्री ओलीको अदूरदर्शीताका कारण एमालेले केन्द्र र प्रदेशमा एकपछि अर्को गरी सबै प्रदेशमा सरकार गुमाउन पुग्यो ।

तर कोशी प्रदेशमा भने यसअघि सभामुखले गरेको समर्थनको हस्ताक्षरबाट भएको थापाको नियुक्तिलाई सर्वोच्च अदालतले नै बदर गरिदियो। यसपालि फेरि थापालाई सभाको अध्यक्षता गर्ने व्यक्तिले दिएको विश्वासको मतलाई सर्वोच्चले मान्यता दिन नमिल्ने भन्यो । जसले गर्दा कोशी प्रदेशमा एमालेलाई थोरै भएपनि राहात भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्की पुन : मुख्यमन्त्री भए र उनको सरकारले अध्यादेशबाट बजेट समेत ल्याएको छ ।

कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इलासले यस्तो आदेश गरेको हो ।

सर्वोच्चले संविधानको धारा १६८ (३) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन आदेश दिएको छ। यो आदेशसँगै अब प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

‘उपधारा (३) बमोजिम गठित मन्त्रिपरिषद्ले समेत ऐ. उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा ऐ. उपधारा (५) बमोजिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था रहेको देखिन्छ।

प्रधानमन्त्री प्रचण्डले एकताका नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा बोल्दै “यो त ट्रेलर मात्रै हो असली फिल्म त देखाउँन बाँकी नै छ” भनेका थिए भने सोको जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले “किन ट्रेलरमात्र देखाउँनुहुन्छ प्रचण्ड जी, हामी तपाईले देखाउँने फिल्म हेर्न आतुर छौँ” भनेका थिए । जुनकुरा सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालकै इतिहासमा सत्ता गठबन्धन दलकै प्रभावशाली (कांग्रेसका पूर्वगृहमन्त्री) नेता, एमालेका नेता सचिवलगाएत ठूलामाछा समातिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भनेझैँ त्यसपछि बालुवाटारको ललिता निवास काण्ड, करिव एक क्वीन्टल सुन काण्डमा सङ्लग्नहरू एकपछि अर्को ठूलामाछाहरू समातिदै गए । विपक्ष दलका नेता पूर्वप्रधानमन्त्री ओलीको निर्देशनमा प्रधानमन्त्री र गृहमन्त्रीहरू नै भ्रष्टचारमा संलग्न रहेकाले शक्तिशाली आयोग बन्नुपर्छ भनी एमालेले संसद अवरोध गर्यो । पछि दलहरूबीच असोज ५ गते शक्तिशाली आयोग बन्ने सहमति बन्यो र एमालेले संसद अवरोध हटायो ।

यसरी पूर्वप्रधानमन्त्री ओलीको निर्देशनमा पटक-पटक संसद अवरोध भएकाले ओलीले माओवादीसँग लगातार विभिन्न बाहानामा प्रतिशोध साधेको देखिन्छ ।

हामीले यसै विषयमा पहिलो प्रश्न भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा खेल्नुभएको भूमिका कस्तो लाग्यो ? भनि सोधिएका थियौँ । जसमा ६८.९३ % प्रतिशतले संसद अवरोध गरेकाले बेठीक लाग्यो,१९.०९% प्रतिशतले संसदमा सशक्तढङ्गले प्रमुख प्रतिपक्षदल (नेता) को भूमिका निभाएको जस्तो लाग्यो, ३.३१% प्रतिशतले सरकारमा नभय पछि जसले पनि त्यहि भूमिका खेल्छ, र ०.३२% प्रतिशतले खै, थाहा भएन भनि अभिमत दिनुभएको थियो।

ओलीले बनाएका प्रधानमन्त्री प्रचण्डद्वारा एमालेका मन्त्रीहरूलाई बर्खास्त

सरकारमा बस्ने वा नबस्नेमा फागुन २५ को राष्ट्रपति निर्वाचनमा माओवादीको समर्थनलाई मुद्दा बनाइरहेको एमालेलाई प्रधानमन्त्री दाहालले आफ्नो दलबाट परराष्ट्रमन्त्री रहेकी विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएपछि १० दिनअगावै सरकार छोड्यो । राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएपछि पुस १० को गठबन्धन भत्केको भन्दै फागुन १३ मा नै राप्रपा सरकारबाट बाहिरिसकेको थियो । त्यसपछि एमालेले सम्हालिरहेका ८ र राप्रपाले सम्हालिरहेका ३ मन्त्रालय पनि प्रधानमन्त्री दाहाल आफैंले राखे ।

चैत १७ मा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस दाहाल नेतृत्वको सरकारमा सहभागी भयो । कांग्रेसकै कारण प्रधानमन्त्री दाहालले थप तीन पटक मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्‍यो । पहिलो चरणमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासहित ४ मन्त्री पठाएको कांग्रेसले थप ५ मन्त्रालयमा तीन किस्तामा मन्त्री पठायो ।

वैशाख ३ मा एनपी साउद परराष्ट्रमन्त्री, वैशाख २० मा धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री र वैशाख २४ मा सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भए ।

हामीले यसै विषयमा दोस्रो प्रश्न पूर्व प्रधानमन्त्री ओलीले बनाएका प्रधानमन्त्री प्रचण्डले किन एमालेका मन्त्रीहरूलाई बर्खास्त गरी मन्त्रीमण्डल पुनर्गठन गरेका होलान ? भनि सोधिएका थियौँ । जसमा ५९.८७ % प्रतिशतले पूर्व प्रधानमन्त्री ओलीको दम्भ, २६.०७ % प्रतिशतले प्रधानमन्त्री प्रचण्डको अवसरवादी प्रवृत्ति १२.१६% प्रतिशतले विदेशीको इसारा, र १.९% प्रतिशतले खै,थाहा भएन भनि अभिमत दिनुभएको थियो।

ओलीको शासनकाल

नेपालको सरकारले २०७२ सालमा संसदबाट दुई तिहाइभन्दा बढीको समर्थनमा नयाँ संविधान जारी भएकोमा भारतले असन्तुष्टि जनाउदै नाका बन्दी गर्यो तर पूर्व प्रधानमन्त्री ओली कतिपनि विचलित नभई सामाना गरेर जनताको मन जितेका थिए ।

जेठ २०७७ मा,ओली सरकारले भारत सरकारद्वारा लिपुलेक पारिको सडकको उद्घाटनको जवाफमा कालापानी, लिपुलेक र लिम्पियाधुराका विवादित इलाकाहरू सहित देशका नयाँ नक्साहरू अनावरण गरेको थियो, जसले गर्दा दुई देशबीच "मनमुटाव" भएको थियो। सरकारले संसदमा मुलुकको आधिकारिक नक्सा र चिह्नलाई संशोधन गर्न संविधान संशोधन विधेयक तत्काल ल्याएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुअघि दुवै सदनमा सर्वसम्मतिले विधेयक पारित भएको थियो।

५ पुस २०७७ मा ओली सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो र २०७८ वैशाख १७ र वैशाख २७ मा, निर्वाचनको आह्वान गरेको थियो। यसलाई राष्ट्रपतिले सजिलै समर्थन गरेको एउटा कदमको रूपमा लिने गरिन्छ । ओलीले सत्तारुढ नेकपामा एकपछि अर्को सङ्घर्ष गरेपछि यो कदम चालेको बताइएको थियो। यो कदम पार्टीको गुटसँग टुङ्गिएको थियो। त्यसको नेतृत्व पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरेका थिए।

उनले सदनमा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने योजना लिएका थिए। विवादास्पद संवैधानिक परिषद् ऐन फिर्ता लिन ओलीको अधैर्यताले सत्तारुढ दलमा थप तनाव उत्पन्न भएको थियो। ओलीको यो निर्णय २०७७ फागुन ११ मा सर्वोच्च अदालतले बदर गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले संसद विघटनलाई असंवैधानिक ठहर गर्दै सदनलाई पुनर्बहाली गर्न र संसदको बैठक १३ दिनभित्र गर्न आह्वान गरेको थियो। ओलीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै २०७७ फागुन २३ मा, संसद्को बैठक आह्वान गरेका थिए।

हामीले यसै विषयमा तेस्रो प्रश्न भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकाल कस्तो रह्यो ? भनि सोधिएका थियौँ । जसमा २.१८% प्रतिशतले उनले देशमा भ्रष्टचार कम गर्दै तिव्र विकास गरे,९.१८% प्रतिशतले उनले भारतसँग नाकाबन्दीको सामाना गरेर देशहितमा काम गरे, ११.८२% प्रतिशतले कालापानी र लिम्पियाधुरासमेटेर चुचे नक्सा निकालेर नेपालीको शिरउचो राखे, ४३.३९% प्रतिशतले उनको पालामा भ्रष्टचार र बेथिती धरै भयो र ३३.४४% प्रतिशतले कामभन्दा उखान टुक्का भन्दै र भ्यूटावर बनाउँदै हिडे भनि अभिमत दिनुभएको थियो।

नेकपा एमालेले गर्यो संसद बैठक अवरोध

नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो । एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर १२ जेठ २०८० मा नेकपा एमालेले संसद बैठक अवरोध गरेको थियो । पछि ठूला दल कांग्रस एमाले र माओवादीबीच प्रधानमन्त्रीले सो विषयमा जवाफ दिने सहमति भएअनुरुप प्रधानमन्त्रीले जवाफ दिए पश्चात एमालेले संसदको अवरोध हटाएको थियो ।

२३ वर्षमा २५१ पटक संसद अवरोध गरेको एमालेले साउन ३० गते सुनकाण्डमा अर्थ र गृहमन्त्रीको संलग्नताको आशंका गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण एक महिनाभन्दा बढी संसद अवरुद्ध गर्यो । एमाले नै जारी संसदीय गतिरोधका मुख्य कारण बनेको भन्दै आलोचना हुन थाल्यो । संसद अवरुद्ध हुदा कयौं महत्वपुर्ण विद्येयकहरू अलपत्र पर्यो ।

पछि क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै आएको एमालेको माग संबोधन भयो र संसद सुचारु हुन पुग्यो । तर पनि एमालेले राजनीतिक प्रतिशोध साधेर पटक पटक संसद बन्दक बनाएको भन्दै अहिले राजनीतिक वृतमा आलोचना समेत भयो ।

एमाले पार्टीले सानो निहुपायो कि संसदलाई बन्दक बनाएको देखिन्छ ।२०५७ सालमा प्रमुख प्रतिपक्षी दल रहेको एमालेले ५७ दिन संसद अवरोध गरेको थियो । तत्कालीन शाही नेपाल वायुसेवा निगमले लाउडा एयरसंग बोइङ ७६७ विमान भाडामा लिंदा आर्थिक नोक्सानी र अनियमितता भएको भन्दै प्रधानमन्त्रीको राजीनामा नै अन्तिम विकल्प ठानेर सदन अवरुद्ध गरेको एमालेले अन्तत, विरोधबाट पछि हटेको थियो ।

सो समय तत्कालिन एमालेमा रहेका र अहिले एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, ५७ दिन संसद अवरोधलाई स्मरण गर्दै भने, त्यो समय हामीले आफ्नो माग सम्बोधनकाललागि सदनमा धर्ना लिएको हो । तर, सरकारले हाम्रो माग सुन्न चाहेन । कांग्रेसको बुहमतको सरकार भएकाले हाम्रो केहि चलेन । अहिले एमालेको संसद अवरोध पनि त्यहि हालतमा पुग्न थालेको छ ।

उसो त, अघिल्लो संसद एमालेकै कारण १ सय ८७ दिन अवरुद्ध भएको थियो । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहित १४ सांसदलाई कारवाही नगरेको भन्दै तत्कालिन सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएको एमालेले नवौं र दशौं अधिवेशनको समयसिमा भित्रको १ सय ८७ दिन संसदमा नाराबाजी गरेको थियो ।

जसले गर्दा एमालेकै कारण करिब ९ महिना संसद अनिर्णयको बन्दी बन्न पर्यो । त्यो समय पनि एमाले आफ्नो अडानबाट पछि हटेको थियो । कांग्रेस नेता अर्जुन नरसिंह केसी भने राजनीतिक लाभका लागि सदन बन्धक बनाउन कसैले नपाउने तर्क गर्छन् ।

हामीले यसै विषयमा चौथो प्रश्न भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुई पटक संसद अवरोध गर्नु ठीक थियो ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ । जसमा १४.६९ % प्रतिशतले ठीक थियो, ८१.२५% प्रतिशतले बेठीक थियो र ४.०६% प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो।

करिब दुई तिहाई नजिकको नेपाल कम्युनिष्ट पार्टीमा फुट

२३ फागुन २०७७ मा सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई ऋषिराम कट्टेललाई प्रदान गर्ने ऐतिहासिक फैसला सुनाएको थियो।उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)विलय भएपछि गठन भएको नेकपालाई आफ्नो दलको नाम उपलब्ध गराउने निर्वाचन आयोगको फैसलालाई चुनौती दिएको थिए। अदालतको फैसलाले ओली र दाहालको नेतृत्वमा संयुक्त रूपमा सत्तारुढ दललाई अमान्य बनाएको थियो। यो फैसलाले पूर्व नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र दलहरूलाई प्रभावकारी ढङ्गले पुनर्बहाली गरेको थियो।

यसले ओली सरकारलाई फेरि गठबन्धनमा परिणत गरेको थियो। नेकपा (माओवादी केन्द्र) ले २०७७ फागुन २९ मा आफ्ना मन्त्रीहरूलाई सम्झाएर २०७८ वैशाख २२ मा ओली सरकारबाट दिएको समर्थन फिर्ता लिएको थियो। त्यसलाई प्रभावकारी ढङ्गले अल्पमतको सरकारमा परिणत गरेको थियो।

२०७८ वैशाख २७ मा,प्रतिनिधि सभामा खसेको कुल २३२ मतमध्ये ९३ मत मात्र प्राप्त गर्दै ओलीले विश्वासको मत प्राप्त गर्न असमर्थ रहेका थिए। विश्वासको मत प्राप्त गर्न आवश्यक १३६ मतको बहुमत पुग्न नसक्दा ओली ४३ मतले कम भएको थियो। राष्ट्रपतिद्वारा अर्को प्रधानमन्त्री नियुक्त नभएसम्म उनको हैसियत पछि सरोकारवाला प्रधानमन्त्रीको दर्जामा परिणत भएको थियो।

हामीले यसै विषयमा पाचौँ प्रश्न भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा दुई तिहाई नजिकको नेकपा फुटनुको सबैभन्दा बढी दोष कस्को छ ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ । जसमा ७०.५८ % प्रतिशतले भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओली, १०.०८% प्रतिशतले भूतपूर्व प्रधानमन्त्री माधव नेपाल १२.०५% प्रतिशतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ०.९४% प्रतिशतले भूतपूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम ३.२९% प्रतिशतले तत्कालिन एमालेका दोस्रो तहका नेता र २.३५% प्रतिशतले अन्य भनि अभिमत दिनुभएको थियो।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव

पदमा रहँदा ओली बारम्बार छुद्रो बोली , रुखो र टर्रो बोली लगाउने टिप्पणी, आलोचक र मिडियाप्रति शत्रुता, सहकर्मी र व्यापारिक सहयोगीहरूको भ्रष्टाचारमा मौनता, आर्थिक वृद्धिमा असफल हुनु र बजेट खर्चको वाचा नगरेको भन्दै विवादमा तानिएका व्यक्ति हुन ।

हामीले यसै विषयमा पाँचौँ प्रश्न भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओली तपाईंलाईं कस्तो नेता लाग्छ ? भनि सोधिएका थियौँ । जसमा ६.८६% प्रतिशतले अकडो नेता, १०.३२% प्रतिशतले डाइनामिक नेता, १४.६६% प्रतिशतले अहिलेको अवस्थामा सबैं भन्दा राम्रो नेता, ३६.८२% प्रतिशतले कामभन्दा बढी उखानटुक्का भन्ने नेता र ३०.७३% प्रतिशतले भ्रष्ट नेता भनि अभिमत दिनुभएको थियो।

भूतपूर्व प्रधानमन्त्री केपी कार्यसम्पादनका

नेपालको संविधान २०७२ जारी गर्ने प्रवन्धमा भारतले लगाएको आर्थिक नाकाबन्दीको सामना गरेकाले नेपालीहरूले उनको प्रशंसा गरेका थियो। उनले भारतीय निर्भरताको प्रतिरोध गर्न चीनसँग संविधान संशोधन गर्ने भारतको अडान र चीनसँग व्यापार तथा पारवहन सन्धिहरूमा हस्ताक्षर गर्ने अडान लिएका थिए।

जेठ २०७७ मा, ओली सरकारले भारत सरकारद्वारा लिपुलेक पारिको सडकको उद्घाटनको जवाफमा कालापानी, लिपुलेक र लिम्पियाधुराका विवादित इलाकाहरू सहित देशका नयाँ नक्साहरू अनावरण गरेको थियो,

हामीले यसै विषयमा छैटौँ प्रश्न विगतमा गरेको कार्यसम्पादनका आधारमा भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओली कति अङ्क दिनुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा ११.८९ % प्रतिशतले > ९० (ए), ५.३९% प्रतिशतले ८०-९० (वी), ६.३४% प्रतिशतले ७०-८० (सि), ८.४% प्रतिशतले ६०-७० (डि) र ६९.९९% प्रतिशतले < ६० (एफ) अङ्क दिनुहुन्छ भनि अभिमत दिनुभएको थियो।

 स्वास्थ समस्य

ओलीले दुई पटक मिर्गौला प्रत्यारोपण गरेका छन्। पहिलो पटक २०६३ मा नयाँ दिल्लीको अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो। २०७६ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौँमा दोस्रो पटक उनको मृगौला प्रत्यारोपण गरिएको थियो।

दोस्रो प्रत्यारोपणका लागि उनले ३२ वर्षीया समिक्षा सङ्ग्रौलाबाट मिर्गौला पाएका थिए । समिक्षा सङ्गौला ओलीको भान्जी रहेको जनाइएको थियो। २०६३ मा मृगौला प्रत्यारोपण गरेका नयाँ दिल्लीका एक वरिष्ठ प्रत्यारोपण चिकित्सक पनि काठमाडौँमा यस प्रक्रियालाई सहयोग गर्न उपस्थित भएका थिए।

विवादास्पद दावीहरू

केपी शर्मा ओलीले विभिन्न कार्यक्रमहरूमा विवादास्पद दावी तथा टीकाटिप्पणी गरेका छन्। उनले आफ्ना भनाइहरूमा विभिन्न किसिमका उखान टुक्काको पनि प्रयोग गर्ने गरेका छन्। यस्ता केही दावीहरूले दोहोर अर्थ दिनुका साथै आलोचना पनि भएको थियो। उनका केही विवादास्पद दाबीहरू यस प्रकार छन्:

१) सुपर कम्प्युटर, माघ २०७५: ओलीले नेपालले निर्माण गरिरहेको सुपरकम्प्युटर देखेर संसार नै चकित भएको दावी गरेका थिए। उनले बनेपा आइटी पार्कमा निर्माण भइरहेको कम्प्युटरलाई सङ्केत गर्दै आएका थिए। कम्पुटिङ पावरको कमी भए पनि निर्माताहरुले सुपर कम्प्युटर भएको दावी गरेका छन्।

२) गैँडा र सगरमाथा, भदौ २०७६: ओलीले गैँडाको लागि प्रयोग गरिने अङ्ग्रेजी शब्द राइनो र सगरमाथालाई जनाउने माउन्ट एभरेस्टलाई नेपाली शब्द गैँडा र सगरमाथा प्रयोग गर्नुपर्ने बताएका थिए।

३) भारतीय कोरोनाभाइरस, २०७७ बैशाख : नेपालमा कोभिड–१९ महामारीका बेला ओलीले 'चिनियाँ वा इटालेली भाइरस' भन्दा पनि 'भारतीय भाइरस' बढी खतरनाक भएको भन्दै आक्रोश पोखेका थिए। भारतबाट अवैध माध्यमबाट आउने मानिसहरूले देशमा भाइरस फैलाउँदैछन् भनेर दावी गरेका थिए जसले गर्दा भारतका सञ्चार माध्यमहरूको ध्यानाकर्षण गरेको थियो।

३) हाच्छ्युँ सम्बन्धित भनाइ, २०७७ असार : राष्ट्रियसभालाई सम्बोधन गर्दै ओलीले कोरोना ज्वरोजस्तै हो, यदि यो रोग लाग्यो भने, कसैले हाच्छ्युँ गर्ने र तातोपानी र बेसार सेवन गरेर भाइरसलाई धपाउनुपर्ने दावी गरेका थिए जसले राष्ट्रिय सञ्चार माध्यम र सामाजिक सञ्जालमा बहस उत्पन्न गरेको थियो। उनले लसुन र बेसारले कोरोनाभाइरस विरुद्ध लड्न रोग प्रतिरोधात्मक प्रणालीलाई बढाउन मदत गर्ने बताएका थिए।

४) भगवान राम एक नेपाली हुन् भन्ने भनाइ: असार २०७७: कवि भानुभक्त आचार्यको २०७औँ जन्म जयन्ती मनाउने कार्यलाई सम्बोधन गर्दै ओलीले भगवान रामको जन्म नेपालमा भएको दावी गरेका थिए भने उनले भारतले नक्कली अयोध्या सिर्जना गरेको बताएका थिए। उनले दक्षिण नेपालको ठोरीलाई रामको जन्मस्थल भएको दावी गरेका थिए भने भारतको अयोध्याबाट सीतासँग विवाह गर्न पूर्वी नेपालको जनकपुर पुग्नु रामका लागि असम्भव रहेको बताएका थिए। पछि उनले यस विषयमा छानबिन गर्न आदेश दिएका थिए।

५) योगको उत्पत्ति नेपाल: असार २०७७ मा, ओलीले योगको उत्पत्ति नेपालबाट भएको दावी गरेका थिए। २०७८ असार ७ मा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ओलीले योगको उत्पत्ति उत्तराखण्ड र विशेष गरी नेपालमा भएको दावी गरेका थिए। उनका अनुसार योग विज्ञानको स्थापना भएको समयमा भारत एक देशको रूपमा अस्तित्वमा थिएन। यसले गर्दा नेपाली र भारतीय सामाजिक सञ्जालहरूबाट एकपछि अर्को प्रतिक्रिया प्राप्त भएको थियो।



189 Views

Comments