नागोर्नो–काराबाखमा जातीय सफाया भएको आर्मेनियाको आरोप

Bhugolpark

४ आश्विन, २०८०,१६:२३

जेनेभा, ४ असोज (रासस /एएफपी):

आर्मेनियाले नागोर्नो–काराबाख क्षेत्रमा अजरबैजानले ‘जातीय सफाया’ गरेको आरोप लगाउँदै त्यसको निन्दा गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् बैठकको पूर्वसन्ध्यामा बिहीबार जेनेभामा आर्मेनियाले उक्त आरोप लगाउँदै अजरबैजानले जातीय सफाया गरेर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएको हो ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनका लागि आर्मेनियाका राजदूत एन्ड्रानिक होभानिस्यानले आफ्नो देशलाई पहिले नै नागोर्नो–काराबाख क्षेत्रमा जातीय सफायाको चेतावनी दिइएको बताउँदै उक्त क्षेत्रमा सामान्य द्वन्द्वमात्र नभएर मानवताविरुद्ध अपराध भएकाले त्यसैअनुरुप व्यवहार हुनुपर्ने माग गरेका छन् ।



308 Views

Comments