राष्ट्रपति पौडेलद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना

Bhugolpark

२५ आश्विन, २०८०,१२:२६

२५ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति पौडेलले डेङ्गु सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना हुनुभएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गर्नुभएको हो । राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गर्नुभएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले राससलाई जानकारी दिनुभयो ।



510 Views

Comments