इजरायल र प्यालेस्टाइनको समस्यामा नेपालीहरूको धारणा सर्वेक्षणको अन्तिम नतिजा

४ जेष्ठ, २०८१,१७:१५

४ कात्तिक, काठमाडौँ । इजरायल र प्यालेस्टाइन एशियाको सबैभन्दा पश्चिमी क्षेत्र यानी मध्यपूर्वदेशमा पर्दछ । संयुक्त राष्ट्रसंघको योजनाअनुसार १४ मे, १९४८ मा प्यालेस्टाइन टुक्याएर दुई अलग देश इजरायल र प्यालेस्टाइन बन्न पुग्यो । अहिले इजरायल र प्यालेस्टाइन दुई अलग देशका रुपमा रहेको भूमि त्यसअघिसम्म सिङ्गो प्यालेस्टाइन थियो । सन् १९४८ अघि पनि यो क्षेत्रमा यहुदी समुदायले बसोबास गरे पनि इजरायल देश बनेको थिएन ।

मुस्लिम राष्ट्रहरूका बीचमा इजरायल नामको यहुदी राष्ट्र स्थापना र मध्यपूर्वको एक शताब्दी लामो हिंसात्मक युद्धको पछि ब्रिटिसको हात छ । जसरी ब्रिटिसले झण्डै २०० वर्ष शासन गरेपछि अंग्रेजहरूले सन् १९४७ मा भारत र पाकिस्तानको विभाजन गरेर गए, ठिक त्यसैगरी मध्यपूर्वमा पनि त्यसको एक वर्षपछि प्यालेस्टाइन फुटाएर इजरायल र प्यालेस्टाइन बनाइयो भने वर्तमान समयमा इजरायललाई अमेरिकाले प्यालेस्टाइन भूमिमाथिको अतिक्रमणमा आडभरोसा दिएको छ । मध्यपूर्वको विवाद हिंसा र निरन्तर युद्धको शृङ्खला त्यहीबाट सुरु भएको पाइन्छ ।

भारत र पाकिस्तानबीच काश्मिरलाई लिएर पटक पटक विवाद र युद्ध भएझैँ इजरायलले आफ्नो प्यालेस्टाइन भूमिमाथिको अतिक्रमण गरेको भन्दै केही हप्ता पहिले अकल्पनीय भिषण आक्रमण हमासले गर्न पुग्यो, जसले गर्दा हजारौँ इजरायली नागरिक एवं दश जना नेपालीलगायत सयौँ विदेशीहरूले अनाहकमा ज्यान गुमाए । अमेरिका र ब्रिटिसको आडभरोसामा आधुनिक हतियारले सुसज्जित इजरायलले प्यालेस्टाइन भूमिमा पानी, विजुली, खाद्यन्नको आपूर्ति बन्द गरी भिषण जवाफी हमला गरेको छ । जसले गर्दा हजारौँ प्यालेस्टाइनी सर्वसाधारणको मृत्यु भइसकेको छ भने लाखौँ प्यालेस्टाइनहरू घरवार विहिन भई शरनार्थी जीवन विताउँन पुगेका छन् ।

इजरायले गाजापट्टिको एक अस्पतालमा हमला गर्नाले सयौँ निर्दोष सर्वसाधारणको मृत्यु भएको भन्दै विश्वभरका मुस्लीम देशहरू इजरायल अमेरिका ब्रिटिसलगायत पश्चिमा देशहरूसँग रुष्ट बन्दै गएका छन् भने इजरायलले सो अस्पतालमा आफूले आक्रमण गरेको नभई हमासले नै गरेको भनी आरोपको खण्डन गरेको छ । अमेरिकी राष्ट्रपतिको इजराइल भ्रमणपछि मानवीय सहायता बोकेका ट्रकहरू गाजापट्टिमा जान सुरु गरेका छन् ।

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याल्टफर्ममा गत हप्ता इजरायल र प्यालेस्टाइनको समस्यामा नेपालीहरूको धारणा सर्वेक्षण भन्ने विषयमा (मनमौजी ओपिनियन पोल) बनाउँनुभएको थियो ।

इजरायल र प्यालेस्टाइनको समस्यामा नेपालीहरूको धारणा सर्वेक्षण भन्ने विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको थियो । उक्त ओपिनियन पोलमा १,०४५ भिवर्स रहेका थिए भने ११८ जनाले भोटमा सहभागिता जनाउँदै आफ्नो अभिमत व्यक्तगर्नुभएको थियो ।

उक्त पोलको १० वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । भूगोल पार्कले तपाईहरूले गर्नुभएको ओपिनियन पोलको अन्तिम नतिजा जस्ताको तस्तै सार्वजनिक गरेको छ ।

हामीले यसै विषयमा पहिलो प्रश्न तपाईंको अनुसार १९४८ देखि अहिले सम्म १७ युद्ध गरिसकेको इजरायलले प्यालेस्टाइ नियनहरू विरूद्ध ऐतिहासिक रूपमा कस्तो व्यवहार गरेको छ ? भनि सोधिएका थियौँ । जसमा ३४.७५ प्रतिशतले क्रुर र अमानवीय ३३.९ प्रतिशतले समझदारीपूर्ण र संयमित, १०.१७ प्रतिशतले नरम र उदारवादी,  २०.३४ प्रतिशतले मलाई खासै थाहा छैन र ०.८५ प्रतिशतले मलाई चासो छैन् भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा दोस्रो प्रश्न १९४८ मा त्यस बखत प्यालेस्टाइन भनिने मध्य पूर्व भूभागमा संयुक्त राष्ट्र संघले इजरायल र प्यालेस्टाइनि अरबको राष्ट्रसँग सँगै बनाउँनु सही थियो ?  भनि सोधिएका थियौँ । जसमा ५६.७८ प्रतिशतले यहुदीहरूमाथि जातीय नरसंहार रोक्न उनीहरूको २५०० वर्ष पुरानो राज्य भएकाले सही थियो, ३३.९ प्रतिशतले एकै ठाउँमा कालान्तरदेखि युद्ध भएकाले सोही ठाउँमा राज्य बनाउनु सही थिएन, ६.७८ प्रतिशतले धेरै जटिल छ, म भन्न सक्दिन,  र २.५४ प्रतिशतले खोइ, थाहा छैन भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा तेस्रो प्रश्न अमेरिका र पश्चिमा मुलुकले इजरायललाई पूर्ण समर्थन गरेको भूमिका कस्तो लाग्दछ ? भनि सोधिएका थियौँ । जसमा ४४.९२ प्रतिशतले सकारात्मक, १३.५६ प्रतिशतले नकारात्मक, ३७.२९ प्रतिशतले अन्धो समर्थन भन्दा मध्यस्थता गरेको भए राम्रो हुन्थ्यो, १.६९ प्रतिशतले मलाई खासै थाहा छैन्, र २.५४ प्रतिशतले मलाई चासो छैन् भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा चौथो प्रश्न २००६ मा चुनाव जितेपछि गाजामा सरकार चलाइरहेको हमासले किन आतंककारी हमला गरेको होला ? भनि सोधिएका थियौँ । जसमा १७.८ प्रतिशतले दमन सहान नसकेर, १८.६४ प्रतिशतले धर्मको लडाई भएकाले, १७.८ प्रतिशतले भूभाग वा जमिनको लागि,  ४५.६७ प्रतिशतले विरोध गर्दछु  र आतङ्ककारीको काम आतङ्क फैलाउनु हो, कुनै कारण हुनु पर्दैन भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा पाँचौँ रुस र युक्रेनको संघर्षले इजरायल र प्यालेस्टाइनको सङ्घर्षमा कस्तो प्रभाव पार्यो होला ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ । जसमा २३.७३ प्रतिशतले प्रत्यक्ष प्रभाव पार्यो, ४८.३१ प्रतिशतले प्रत्यक्ष प्रभाव पारेन तर आंशिक प्रभाव पार्यो, २२.०३ प्रतिशतले कुनै प्रभाव परेन, ५.०८ प्रतिशतले मलाई खासै थाहा छैन र ०.८५ प्रतिशतले मलाई चासो छैन् भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा छैटौँ के मुस्लिम देशहरूले हमासलाई सहायता गर्लान ? भनि सोधिएका थियौँ । जसमा १०.१७ प्रतिशतले धेरैले युद्धमा नै होमिएर सहयोग गर्छन, ५७.६३ प्रतिशतले धेरैले आर्थिक र नैतिक समर्थन गर्छन्, २७.१२ प्रतिशतले केहिले अलि अलि गर्लान,  ४.२४ प्रतिशतले गर्दैनन् होला, र ०.८५ प्रतिशतले खोइ मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा सातौँ हमासको आक्रमणमा मारिएका नेपालीहरूको घटनापछि सरकारले के गर्नुपर्छ ? भनि सोधिएका थियौँ । जसमा १६.१ प्रतिशतले नेपालको सरकारले मृतक एवं घाइतेहरूको परिवारलाई आर्थिक सहयोग पुर्याउनुपर्दछ, २४.५८ प्रतिशतले अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा उठाउनुपर्दछ, २२.८८ प्रतिशतले नेपालले विदेशी रोजगारी नीतिमा परिवर्तन गर्नुपर्दछ,  ३३.९ प्रतिशतले संसारभरीका नेपालीहरूको लागि दुखद कुरा हो तर पनि सरकारले केही गर्न सक्दैन, १.६९ प्रतिशतले अन्य र ०.८५ प्रतिशतले मलाई खासै थाहा छैन् भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा आठौँ इजरायल र प्यालेस्टाइनको राज्यको विषयमा कुनलाई समर्थन र के मा सन्धि गर्नुपर्छ ? भनि सोधिएका थियौँ । जसमा ९.३२ प्रतिशतले इजरायलले वेस्ट बैंक र गाजामा डिफेक्टो कब्जा गरेकाले प्यालेस्टाइनको समर्थन गर्नुपर्छ, ४४.०७ प्रतिशतले इजरायल र प्यालेस्टाइन (वेस्ट बैंक र गाजा) को दुई राज्य समाधान सँगसँगै सन्धि गर्नुपर्छ, १७.८ प्रतिशतले इजरायलले प्यालेस्टाइनका लागि समान अधिकारसहितको सम्पूर्ण भूमि फिर्ता गर्नुपर्छ,  १७.८ प्रतिशतले प्यालेस्टाइन केवल गाजापट्टीमा मात्र सिमित हुनुपर्छ, ८.४७ प्रतिशतले मलाई थाहा छैन र २.५४ प्रतिशतले नेपाल सरकारले जे रोज्छ भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा नवौँ संसारको सबै भन्दा पुरानो सनातन धर्म हिन्दु भएको नेपाल र त्यसपछि सुरुभएको यहूदी धर्मको इजायलबीचको सुमधुर सम्बन्धलाई ध्यानमा राखी नेपालले अहिलेको युद्दमा कस्तो सहयोग गर्नुपर्छ ? भनि सोधिएका थियौँ । जसमा ३१.३६ प्रतिशतले जे मा सकिन्छ त्यसमा सहयोग गर्नुपर्छ, ३०.५१ प्रतिशतले नैतिक समर्थन मात्र गर्नुपर्छ, १९.४९ प्रतिशतले पर्दैन, यसले नेपालमा पनि धार्मिक द्वन्द्व निम्तिन सक्छ,  १७.८ प्रतिशतले पर्दैन, यो हाम्रो झगडा होइन र ०.८५ प्रतिशतले खोइ, थाहा भएन भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा दशौँ हमास कस्तो संगठन लाग्छ ? भनि सोधिएका थियौँ । जसमा १०.१७ प्रतिशतले राजनीतिक संगठन, ४७.४६ प्रतिशतले इस्लामिक उग्रवादी संगठन, ३९.८३ प्रतिशतले आतंकवादी संगठन, यसले नेपालमा पनि धार्मिक द्वन्द्व निम्तिन सक्छ, १.६९ प्रतिशतले खोइ, मलाई थाहा भएन र ०.८५ प्रतिशतले मलाई चासो छैन् भनि अभिमत दिनुभएको थियो ।



188 Views

Comments