दुर्गा प्रसाईँको जनविद्रोहको नतिजा सार्वजनिक

५ जेष्ठ, २०८१,१४:२९

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याटफर्ममा गत हप्ता दुर्गा प्रसाईँको जनविद्रोह  भन्ने विषयमा ओपिनियन पोल (मनमौजी) बनाउँनुभएको थियो ।

मंसिर २६, काठमाडौँ । दुर्गा प्रसाईँले झापामा अर्बौँ लगानी गरेर अस्पताल र मेडिकल कलेज खोलेका छन् । बिर्तामोडको जग्गा धितोमा राखेर उनले बीएण्डसी अस्पताल बनाएका थिए । उनका अनुसार बीएण्डसीले २०६८ माघ २४ गते मेडिकल कलेजको आशयपत्र पाए । २०७१ मंसिर २७ गते तत्कालिन विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० सय शय्याको अस्पताल सञ्चालनको लागि वातावरणणीय प्रभाव मूल्यांकन स्वकृति भयो । तर, डा. गोविन्द केसीको चिकित्सा सुधार अभियान अनुसार आएको चिकित्सा शिक्षा ऐनका कारण उनको योजना रोकियो ।

०७३ सालमा यो अस्पतालले ३ सय शय्याको अस्पताल सञ्चालनको स्वकृति पायो । २०७६ सालमा चिकिस्सक आयोगमा बीएण्डसी सम्बन्धनका लागि पुगे पनि २०७३ सालदेखि आशयपत्र नविकरण नगरेको र काठमाडौँ विश्वविद्यालयको सहमति नलिएको भन्दै आयोगले सम्बन्धन दिएन । त्यसपछि उनी सर्वोच्च गए । तर सर्वोच्च पनि तीन महिनाभित्र नविकरण गर्नुपर्ने आशयपत्र भएपनि नवीकरण नगरेकाले स्वत :रद्द भएको फैसला गर्यो । जसले गर्दा उनलाई एकपछि अर्को धक्का लाग्दै गयो ।

मेडिकल व्यावसायी दुर्गा प्रसाईँको राजनीति यात्रालाई हेर्दा उनी सुरुमा माओवादी त्यसपछि एमाले बन्दै हाल राजावादी बनेको देखिन्छ । उनले माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीकालमा र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा समेत अथक प्रयास गर्दा पनि बीएण्डसीको सम्बन्धन नमिलेकाले हुनुपर्छ । उनै दुर्गा प्रसाईँ हाल राष्ट्र राष्ट्रियता धर्म संस्कृति देश र जनता जोगाउन राजा चाहिने जिकिर गर्दै एकपछि अर्को आन्दोलनको शंखघोष गरिरहेका छन् ।

दुर्गा प्रसाईँको जनविद्रोहको विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता दुर्गा प्रसाईँको जनविद्रोह भनि पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको थियो । उक्त ओपिनियन पोलमा २,२९६ भिवर्स रहेका थिए भने ६०९ जनाले भोटमा सहभागिता जनाउँदै आफ्नो अभिमत व्यक्तगर्नुभएको थियो ।

उक्त पोलको ७ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । हामीले यसै विषयमा पहिलो प्रश्न दुर्गा प्रसाईँको जनविद्रोहले के यो व्यवस्थाको अन्त्य भएर राजा आउँलान् ? भनि सोधिएका थियौँ । जसमा २०.०३ % प्रतिशतले दलहरूले यथास्थितीलमा काम गरेकाले राजा आउँछन्,४.११% प्रतिशतले राजाको पालामा पनि भ्रष्टचार भएकाले राजा जनता चाहदैनन्, १९.३८% प्रतिशतले देशमा भइरहेको वेथितीको अन्त्य गर्नुपर्छ तर आर्यघाटमा पुगेको राजालाई बिउँताउनुहुँदैन्, १८.८८ % प्रतिशतले समानुपातिक सांसद र प्रादेशीक संरचना खारेज नगर्ने हो भने भन्न सकिन्न,३२.६८% प्रतिशतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउँन राजा आउँछन् र ४.९३% प्रतिशतले पर्ख र हेरको स्थितिमा छु भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा दोस्रो प्रश्न दुर्गा प्रसाईँको जनविद्रोहदेखि किन दलहरू सशंकित भएका होलान ? भनि सोधिएका थियौँ । जसमा १४.९४ % प्रतिशतले प्रसाईँले “राजा ल्याऔँ-राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउँ” भन्दै जनविद्रोहको नेतृत्व गरेकाले, १४.६१% प्रतिशतले दलका ठूला नेताले विदेशमा सम्पति लुकाएको विषयमा पर्दाफास गरेकाले, ४२.८६% प्रतिशतले ठूला दलले देश र जनताको पक्षमा काम गर्न नसक्दा वर्तमान व्यवस्था नै गुम्ने खतराले, २२.२% प्रतिशतले राजा आए भ्रष्टचार र हत्याको कसुरमा जेलजानुपर्ने भयले र ५.०९% प्रतिशतले खै, मलाई चासो भएन भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा तेस्रो प्रश्न दुर्गा प्रसाईँ र युवा संघसँगका इन्चार्ज महेश बश्नेतबीच सामाजिक सञ्जालमा तल्लो स्तरको गालीगलोज गर्नुमा कसको बढी दोष देख्नुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा ६.५७% प्रतिशतले दुर्गा प्रसाईँ,३७.९३% प्रतिशतले महेश बश्नेत, ४९.१% प्रतिशतले महेश बश्नेतलाई संरक्षण गर्ने एमाले र ६.४% प्रतिशतले खै, मलाईं थाहाभएन भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा चौथो प्रश्न दुर्गा प्रसाईँ नेतुत्वको जनविद्रोह देशव्यापी रुपमा किन फैलिएको होला ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ । जसमा ७.७२ % प्रतिशतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउँ भन्दै गरेको जनविद्रोहमा राजाको हात भएकाले, ११.०% प्रतिशतले बहुदलवादी दलहरूको असक्षमताले गर्दा, ३७.४४% प्रतिशतले संघीय गणतन्त्रका सेता हात्तीहरूले राम्रो काम नगरेकाले, ४०.३९% प्रतिशतले राजाको पालामा भन्दा भ्रष्ट्रचार, वेथीती, व्यरोजगार, मुल्य बृद्धी आदि बढेर गएकाले र ३.४५% प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा पाँचौँ प्रश्न दलहरूसँग किन आक्रोशित छन् दुर्गा प्रसाईं ? भनि सोधिएका थियौँ । जसमा ३०.२१% प्रतिशतले बिर्तामोडमा अबौँ लगानीमा खोलेको मेडिकल कलेजलाई सरकारले सम्बन्धन नदिएकाले, ५७.९६% प्रतिशतले सिमित व्यापारी, माफीया बीचौलीयाको चङ्गुलमा दल र सरकार फसेकाले, ८.७% प्रतिशतले परिवर्तनको ऐजेन्डा राम्रो भएपनि कार्यन्वयन गर्न सरकार उदासिन भएकाले र ३.१२% प्रतिशतले खै, मलाईं थाहाभएन भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा छैटौँ प्रश्न मेडिकल व्यवसायी दुर्गा प्रसाईँ कस्ता व्यक्ति हुन ? भनि सोधिएका थियौँ । जसमा ३३.०% प्रतिशतले अवसरवादी, ४.६% प्रतिशतले अकडो, ४९.९२% प्रतिशतले नेपाल र नेपालीको हित चाहने दूरदृष्टि भएको व्यक्ति, ४.४३% प्रतिशतले मेडिकल माफीया र ८.५% प्रतिशतले अरबौँ बैंकको साँवा-ब्याज नतिर्ने जाली फटाह भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा सातौँ प्रश्न दुर्गा प्रसाईँको अगुवाइमा भएको जनविद्रोहलाई कति अङ्क दिनुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा ४४.०१ % प्रतिशतले > ९० (ए), १९.९९% प्रतिशतले ८०-९० (वी), ८.२१% प्रतिशतले ७०-८० (सि), ८.७% प्रतिशतले ६०-७० (डि) र २७.०९% प्रतिशतले < ६० (एफ) अङ्क दिनुहुन्छ भनि अभिमत दिनुभएको थियो ।

भूगोल पार्कको दृष्टिकोणमा विगत ७०-८० वर्ष पहिले नेपालभन्दा गरिब देश दक्षिण कोरिया त्यहाँका दूरदृष्टि भएका नेताको कारणले गर्दा विकासमा कायपलट नै गरेको छ । युरोप-अमेरिकाका नेताहरूमा भएको दूरदृष्टि र देशप्रेम भावनाका कारण अभूतपूर्व विकास गरेर विश्वलाई नमूना बनी देखाएका छन् । तर, नेपालमा विभिन्न कालखण्डमा भएको राजनीति क्रान्तिले नेताहरूमात्र धनी र सुविधाभोगी हुँदै गएको र राजाको पालामा भन्दा भ्रष्ट्रचार, वेथीती, व्यरोजगार, मुल्य बृद्धी आदिको चपेटामा जनता पर्दै गएकाले नै यो व्यवस्थालाई चुनौति दिदै मेडिकल व्यवसायी एवं जनविद्रहको नेतृत्व दुर्गा प्रसाईँले अगाडि आएको देखिन्छ । हाम्रो देशमा व्यवस्था परिवर्तन आजको आवश्यकता नभएर पुरातन सोचमा जकडिएको नेताहरूले दिने डेलिभरीमा परिवर्तन हुनुपर्ने देखिन्छ ।



265 Views

Comments