आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा ७ मतदान स्थलमा १४ वटा केन्द्र रहने

५ पुष, २०८०,१६:०९

५ पुस, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा ७ मतदान स्थलमा १४ वटा केन्द्र रहने जनाएको छ । आयोगले माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा १ - १ मतदान र २ - २ वटा केन्द्र तोकेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मधेश प्रदेशका लागि प्रदेश महेन्द्र नारायण निधि मिधिला संस्कृति केन्द्र, बागमति प्रदेशका लागि भुटनदेवी मावि हेटौँडा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र भवन, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीलाई मतादानस्थल तोकिएको छ । सबै मतदानस्थलमा २ - २ वटा केन्द्र राखिएको छ ।

निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले मतदान गर्ने छन् ।



436 Views

Comments