पूँजीगत खर्चमा बृद्धि गर्न रास्वपाको एकल सरकार जरुरी : सांसद विराजभक्त श्रेष्ठ

४ जेष्ठ, २०८१,१४:५९

१८ वर्षदेखि स्वयम्भू नजिक सय घरभन्दा बढि घर र सेनाको कम्पाउण्ड भत्काएर बाटो विस्तार गर्ने सहमति

१२ पुस, काठमाडौँ । प्रतिनिधि सभाका सांसद मा. विराजभक्त श्रेष्ठ पूँजीगत खर्चमा बृद्धि गर्न रास्वपाको एकल सरकार जरुरी भएको बताउँनुहुन्छ । उहाँ नेपालमा विगत ३० वर्ष देखि सिष्टम बिग्रीएकाले सरकारले २५ प्रतिशत पूँजीगत खर्च गर्न नसकेको भन्दै विदेशमा ६५ प्रतिशत पूँजीगत खर्च गर्न नसक्ने देशलाई असफल देशका रुपमा मानिने बताउँनुहुन्छ । उहाँ पूँजीगत खर्चमा बृद्धि गर्न आगामी २०८४ सालको निर्वाचनमा रास्वपाको एकल सरकार बन्न जरुरी भएको जिकिर गर्नुहुन्छ । उहाँले देश विकास हुनको लागि दूरदृष्टि सहितको सिष्टम हुनुपर्ने औल्याउँनुहुन्छ ।

समसामयीक घटनाको विविध विषयलाई लिएर सांसदसँग समकालीन संवादमा भूगोल पार्कका समाचारदाता करुण सिंहले गरेको कुराकानीका सम्पादित अंश ।

एक वर्षमा नै मूल्यांकन गर्न हतार हुने

“आफू प्रतिपक्षमा भएकाले चाहे जसरी जनसरोकारको विषयलाई सम्बोधन गर्न नसकेको हो। देशमा बिग्रिएको सिष्टम पनि एकै चोटी लयमा फर्काउँन गाह्रो हुँन्छ । रास्वपा संसदमा छिरेको एक वर्षमा नै जनताले मूल्यांकण गर्नु हतार हुनेछ ।”

उहाँ संघीय सांसदहरूको काम नीति नियम बनाउँने भएको बताउँदै स्थानीय सरकार साधन स्रोत सम्पन्न भएकाले बाटोघाटो, ढल व्यवस्थापन आदि जनसरोकारका काम उनीहरूको कार्य क्षेत्र भएको बताउँनुहुन्छ । तथापि, आफू जनताको काममा पूर्ण समर्पित भएर लागेको बताउँदै एकै दिन २३ ठाउँको कार्यक्रममा सहभागिता जनाएको समेत हामीलाई स्मरण गराउनुभयो । “१८ वर्षदेखि स्वयम्भू नजिक सयभन्दा बढि घर र सेनाको कम्पाउण्ड भत्काएर बाटो विस्तार गर्नुपर्ने भएकाले बाटो विस्तार रोकिएको थियो । आफूले प्रधान सेनापति र रक्षामन्त्रीको सहयोगमा जनताको घर जोगाएर सेनाको कम्पाउन भत्काएर २ मिटर हिडने बाटो र ८ मिटर सडक बनाउँने सहमति भएको छ । स्थानीय सरकारको क्षेत्रधिकार भित्र पर्ने भएकाले वडाले प्रकृया अगाडि बढाउँनेछ ।”

राजनीतिमा लाग्ने प्रेरणा उज्जवल दाई

असन इन्द्रचोकको राजनीतिक घरणामा जन्मिनुभएका उहाँका पिता नेपाली कांग्रेसका वडा सदस्य हुनुहुन्थ्यो । उहाँ राजनीतिमा छिर्नुपूर्व म्युजिसियन, ड्रमर र गीतारिष्ट बताउँदै “लाइभ ब्राण्ड कल्चर” ठमेलमा कार्यक्रम गर्दै गर्दा पहिलो पटक उज्जवल थापासँग भेट भएको बताउनुभयो । पछि एक पार्टी प्यालेसमा भएको भेटमा विवेकशील साझा पार्टीका अध्यक्षको राजनीतिक दर्शनबाट आफू प्रभावित भएर राजनीतिमा छिरेको भन्नुभयो । आफूले उज्जवल थापालाई "कुकुर चिन्ह"मा सहयोग गरेको बताउँदै थापाको कार्यकालमा आफू विवेकशील पार्टीको महानगरको संयोजक भएको जानकारी दिनुभयो । उहाँ वैकल्पिक शक्तिको विजारोपन उज्जवल दाईले गर्नुभएको बताउँनुहुन्छ ।

उज्जवल दाईको निधनले देश र जनतालाई अपूर्णीय क्षेती

कोरनामा उज्जवल दाईको निधनले देश र जनतालाई अपूर्णीय क्षेती भएको भन्नुहुन्छ । उहाँको निधन पछि पार्टीलाई नेतृत्व गरेका रविन्द्र मिश्रसमेत राप्रपामा समाहित भएकाले पार्टी अभिभावक विहिन जस्तो बन्न पुगेकाले देश बनाउाने भिजन भएका युवापुस्ताको ढुकढुकी रवि लामिछानेको पार्टी रोजेको बताउँनुभयो । उहाँ विगतमा बागमती प्रदेशका सभासद हुनुहुन्थ्यो भने हाल संघीय संसदअन्तर्गत प्रतिनिधि सभाका सभासद हुनुहुन्छ । वहुप्रतिभाका धनी, देशप्रेमी जुजारु नेता भएकाले उहाँलाई काठमाडौँको क्षेत्र नं-८ का जनताले अत्यधिक बहुमतले जिताएका थिए ।

समयको माग नेताले बुझ्नुपर्छ

जेलनेल बसेका नेताहरूलाई उच्च सम्मान गर्ने बताउँदै उहाँ नेता बन्न जेलनेल बसेको हुनुपर्ने, ढुङ्गा हानेकै हुनुपर्ने कुरामा आफूलाई विश्वास नलाग्ने बताउँनुहुन्छ । उहाँले सुचना र प्रविधिको युगमा युगले मागेको कुरा दिन सक्ने नेताको खाचो देशलाई भएको बताउँनुहुन्छ । उहाँ नेपालमा २०४६ साल पछि भएको राजनीतिक परिवर्तनसँगै इतिहासदेखिको बनावटमा परिवर्तन हुनथालेको बताउँदै खुसिबुँ, सानेपा क्षेत्रमा खेतैखेत भएको हामीलाई स्मरण गराउँनुभयो । उहाँ सो समयमा आफूले गाजर विष्णुमतीमा पखालेर खाएको समेत हामीलाई स्मरण गराउँनुभयो । उहाँले विकासको नाममा सदियौँदेखिको कलासंस्कृति चाडवाडमा भडकाउपन आएको बताउँदै अबका युवापुस्ता सबै मिलेर हरेक समुदाय, धर्म, चातजातिहरूले सदियौँदेखिको आफ्नो पहिचान कलासंस्कृतिलाई जगेर्णा गर्दै जानुपर्ने बताउँनुभयो । उहाँले आफू पनि नेवारी समुदाय भएकाले नेवारी चाडवाड, समयअनुसारको परिकार खाने पर्व भएको जानकारि दिदै य: मरी पुन्यी, क्वाटी खाने, चाकुखाने पर्व धुमधामले मनाएको बताउँनुहुन्छ । स्वास्थ्यको दृष्टिकोणले पनि नेवारी परिकार राम्रो भएको जानकारी दिनुभयो । उहाँ अमूर्त सम्पदाको संरक्षण गर्न र सामाजिक सद्भाव कायम राख्न चाडपर्वले मद्दत गर्ने कुरामा विश्वस्त हुनुहुन्छ।

अमेरिका भ्रमणको चर्चा

उहाँले अमेरिका भ्रमणको चर्चा गर्दै अमेरिका सिष्टमले चलेको देश पाएको बताउँनुभयो । उहाँ सिष्टमले चलेको देश अमेरिका भएकाले गर्दा आज विश्वलाई हाकेको हो भन्नुहुन्छ । उहाँले अमेरिका भित्र पनि अलग अलग राज्यहरूको अलग अलग विशेषता भएको बताउँदै कुनै राज्यमा उद्योगधन्दा त कुनै राज्य प्रविधिको विकास एवं कुनै राज्य कृषिमा विकास भएको बताउनुभयो । अमेरिकामा बालबालिका र बृद्धबृद्धाको मानसिक स्वास्थ्यको लागि विशेष ध्यान दिएको आफूले पाएको हामीलाई जानकारी गराउँनुभयो । नेपालमा भने त्यसो गर्न नीति र सिष्टम नभएको बताउँनुभयो । नेपालमा ३/४ जनाको लडाइले देश रुमलिएको जानकारी दिदै तिनीहरूको कारण पनि विबासले गति लिन नसकेको उहाँ ठान्नुहुन्छ । राम्रो सिष्टम भएको खण्डमा नेपालीले गर्न नसक्ने भन्ने केही छैन् । किनकि, अमेरिकामा बस्ने नेपाली अहिले पनि कोही वैज्ञानिक भएका छन् त कोही सफल व्यापारी । उनीहरू पनि सिष्टम राम्रो भएको खण्डमा नेपालमा नै आउँने छन् । फेरि, नेपालमा राम्रो कामको चर्चापरिचर्चा कम हुने नराम्रो कुरा छिटो फैलिने गरेको पनि बताउनुभयो ।

रास्वपाको मिसन-८४

“आफूले बागमति प्रदेश सांसद भएको बेला संसदीय गतिविधिमा आफू साक्षर भएको र यसपटक संघीय संसदमा प्रणालीको विकास गर्न लागेको छु ।” आफूले जनतालाई सुसूचित गर्न आइटी क्षेत्रमा पनि काम गरेको बताउँनुभयो । जनतालाई जे गर्न सक्ने हो सो गरेको खण्डमा गल्ति नै भएपनि माफ गर्ने कुरामा उहाँ विश्वास गर्नुहुन्छ । आफ्नो पार्टीले जनताको चाहनालाई मूर्तरुप दिन मिसन-८४ को नारा लिएर देश डौडाहमा हिडेको जनकारी दिनुभयो । उहाँ हरेक दलहरूलाई आफ्नो पार्टीले जस्तो अभियान जनता कहाँ लिएर जान सुझाव दिनुहुन्छ ।

रास्वपा अध्यक्ष रविमाथि प्रहार

उहाँले पोखराको एक कार्यक्रममा रास्वपा अध्यक्ष रवि लामिछानेलाई ख्वायले हानेको विषय कुनै राजनीतिक आग्रहपूर्वाग्र भन्दा पनि दलहरूले राम्रो काम नगरेको रिस आफ्नो पार्टीलाई पोखेको हुन सक्ने भन्नुभयो । उहाँले हामीलाई बाँकी कुरा अनुसन्धानले बताउँने जानकारी दिनुभयो । उहाँले ग्यालेक्सी टिभी सञ्चालनको समयमा गोर्खा सहकारीबाट लिएको ऋण रविले नतिरेको भन्ने विषयमा “रविमाथि सुनियोजित ढंगले केही पत्रकार लागेका छन् । आफ्नो पार्टी अध्यक्ष रवि पदलोलुप नभएकाले विगतमा झैँ यसपटक पनि विधिको शासनलाई मान्दै अनुसन्धानमा सघाउँने भन्दैँ दोषी निर्दोषी राज्यले गर्ने अनुसन्धानबाट पुष्टिहुनेछ ।

एनसेल काण्ड

उहाँले एनसेल काण्डमा रास्वपा चुपलागेर नबसेको "बरु अर्थ समितिले छठपछि छलफल गर्ने भनिएको एनसेल काण्ड म अमेरिका गएपछि दिपावलीको अगिल्लो दिन गर्नु र हाम्रो पार्टीका उप-सभापति स्वर्णिम वाग्लेले सो समितिको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्दा पनि केहीले आफू र वाग्लेले पनि एनसेलमा घोटला गरे भन्नु खेदजनक हो । संसदको बैठक नबसेकाले आफ्नो नेताहरूले सांसद अमलरेश कुमारले झैँ समिति र सञ्चार माध्ययममा बोल्दै नहिनेको हो ।”

१२ कक्षा पासपछि विद्यार्थीको विदेश मोह

विभिन्न नेताका छोराछोरी, कर्मचारी, व्यापारीको संलग्नताको कुरा अनुसन्धान पूर्वनै अनुमानका आधारमा भन्नु युक्तिसंगत नहुने बताउँनुभयो । उहाँले १२ कक्षा पास गरेपछि हुनेखानीका छोराछोरी अमेरिका, युरोप, अष्ट्रेलिया आदि देशमा जाने र गरिबका छोराछोरी अरब, मलेशीया जानुमा सरकारले राम्रो नीति नियम नबनाउँनु एवं देशलाई सिष्टममा हिडाउँन नसक्नुको उपज ठान्नुहुन्छ । काठमाडौँका सटरहरू खालिहुनुमा “आत्मसमान र अपनत्वका कमीले हुन सक्छ । किनकि युवालाई यो मेरो लागि हो भन्ने नीति नबन्नु र जसरी पनि धेरै रुपैयाँ कमाउँनु पर्छ भन्ने सामाजिक विचलनका कारण भएको हुनसक्छ ।”

अन्त्यमा उहाँले रवि लामिछाने र उज्जवल थापालाई तुलना गर्नु भनेको आमा र बुबालाई तुलना गर्नु एकै भएको हामीलाई बताउँदै कार्क्रमको विटमार्नुभयो ।



272 Views

Comments