नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका चुनावी नेतृत्व

Bhugolpark

१५ चैत्र, २०८०,०४:१०

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । 

काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवारी दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने बताए । उनले निर्वाचनपछि केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्ने कुरा जनताले महसुस हुनेगरी काम गर्ने प्रतिबद्धता जनाए । उनले आगामी निर्वाचनपछिको सरकारले देशमा सुशासन कायम गर्ने बताए ।

नेता सिंहले नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताए । उनले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताए । नेता सिंहले १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रूपमा सबल हुन सक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्ने बताए ।

उनले आगामी शैक्षिक नीतिमा विद्यार्थीहरूलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउने कुरा समावेश हुने दाबी गरे । उनले नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्न जरुरी रहेको बताए । नेता सिंहले राजनीति भनेको समाजसेवा गर्ने माध्यम भएको बताए । उनले हरेक वडामा स्वास्थ्य क्लिनिक हुनुपर्ने बताए । 


148 Views

Comments