७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि

Bhugolpark

२९ जेष्ठ, २०८२,१०:४२

७२ जिल्लामा डेंगु संक्रमण, काठमाडौं सबैभन्दा प्रभावित


हाल नेपालभर ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको पुष्टि भएको छ। सर्वाधिक प्रभावित जिल्ला काठमाडौं हो, जहाँ १३२ जना संक्रमित भेटिएका छन्। त्यसपछि रुपन्देही (४७), कास्की (९०), कञ्चनपुर (३७), सुनसरी (८७), दाङ (३२), चितवन (६१), भक्तपुर (३०) र पाल्पा (५१) रहेका छन्।


डेंगु संक्रमण रोकथामका लागि पूर्ण शरीर ढाक्ने कपडा लगाउने, झुलको प्रयोग गर्ने, वरिपरिका फोहोर हटाउने, खुला पानी जम्न नदिने, पानी ट्यांकी, ड्रम, गाग्रीजस्ता भाँडाहरू नियमित सफा गर्ने जस्ता उपायहरू अपनाउनुपर्ने देखिन्छ।


स्वास्थ्य सुरक्षाका लागि सावधानी अनिवार्य छ।


516 Views

Comments