दयाराम कटेल, काठमाडौं जेष्ठ ३१- बालाजु स्थित काठमाडौं बिजिनेस कलेजले आज के वि सी ह्याक फेष्ट २०२५ आयोजना गरेको छ। विद्यार्थीकै नेतृत्वमा बिल्डिंग थिङस फ्रम स्क्र्याच नारा सहित आई टि क्षेत्रमा रुचि राख्ने विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको क्यम्पस कमिटीले जानकारी दिएको छ।
भक्तपुरमा मल्टिपल क्याम्पस, एस कलेज, काठमाण्डौ बिजिनेस कलेज गरी सात कलेजले ह्याकयाथोनमा भाग लिएका छन्।
विद्यार्थी हरुले यहाँ बाट लिडरशिप, टीम व्यवस्थापन , कार्य दक्षता साथै आफ्नो मनोबल बनाउने र योजना तथा कार्य विभाजन छोटो समयमा बनाउन सक्ने क्षमता विकास गर्ने क्यम्पस कमिटीले बताएको छ। यस कार्यक्रमले विद्यार्थीलाई आईटी क्षेत्रमा स्थापित गर्न सक्षम हुने पनि जानकारी दिएको छ।
यस्तै क्याम्पसको वि सी ए कोर्डिनेटर स्टेला कोइरालाले विदेश पलयल भै रहेको जनशक्तिले नेपालमा नै अवसर सृजना गर्न यस्तो कार्यक्रम आयोजना गरेको बताएकी छन्। कोइरालाले क्याम्पसमा भएका कार्यक्रमले विद्यार्थीको मनोबल सँगै उनिहरुको क्षमता वृद्धि गर्ने समेत भूमिका खेल्ने बताएकी छन्।
यस्तै उक्त क्याम्पसका मार्केटिङ म्यानेजर पारस विष्टले विद्यार्थी अवसरको खोजीमा विभिन्न देश विदेश जाने गरेकोमा चिन्ता व्यक्त गर्दै नेपालमा अवसर सृजना गर्न जरुरी रहेको बताएका छन्। उनले नेपालको नियामक निकायलाई समेत अवसर प्रदान गर्न पहल गर्न अनुरोध गरेका छन्।
उक्त कार्यक्रममा विभिन्न क्षेत्र मा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको छ। यस सँगसँगै क्याम्पसमा विभिन्न परिकार सहितका फुड इन्स्टलहरु साथै लाइभ मिनी म्यूजिक कन्सर्ट पनि भएको छ।
Comments