काठमाडौंमा चल्न थाले सार्वजनिक गाडी

Bhugolpark

२८ भाद्र, २०८२,१०:३४

२८ भदौ, काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् ।

चितवनतर्फबाट पनि बसहरु काठमाडौंका लागि प्रस्थान गरेका छन् । जेनजीले सोमबार प्रदर्शन गर्दा नयाँ बानेश्वर वरपर बाहेकका क्षेत्रमा सार्वजनिक सवारी साधन चलेका थिए । मंगलबारदेखि उपत्यकाको सबै क्षेत्रमा प्रदर्शन हुन थालेसँगै सार्वजनिक सवारी साधन चल्न छाडेका थिए । नेपाली सेनाले कर्फ्यु समेत लगाएकाले गाडी ठप्प थिए ।

शनिबार बिहानदेखि काठमाडौंको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य छ । सार्वजनिक बस, ट्याक्सी लगायतका सवारी साधन बिहानैदेखि चलिरहेका छन् । जनजीवन सहज हुँदै गएपछि पसलहरु खुल्न थालेका छन् । प्रदर्शनका क्रममा क्षति पुगेका पसलहरुमा सरसफाइका बिहानैदेखि सुरु गरेका छन् ।

मंगलबार रातिदेखि सुरक्षाको व्यवस्था लिएर सडकमा उत्रेको सेना सडकबाट फिर्ता भएको छ ।



75 Views

Comments