स्याङ्जा २ मा धनराज गुरूङको ११ सय बढी मतको अग्रता

Bhugolpark

१५ मंसिर, २०७९,०७:५३

स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन्।

पछिल्लो परिणाम अनुसार उनले एमालेकी सचिव पद्मा अर्यालसँग ११ सय ३५ मतले अग्रता लिएका हुन्। कांग्रेसका गुरुङले ४५ सय ९० मत ल्याउँदा एमालेकी सचिव अर्यालले ३४ सय ५५ मत ल्याएका छन्।

मतदान सकिएको ११ औँ दिनबाट मतगणना सुरू भएको स्याङ्जा २ मा ७० हजार १९१ मत खसेको थियो।



302 Views

Comments