बाजुरामा कांग्रेसका बद्री पाण्डेले अग्रता फराकिलो पारे, प्रदेशमा कांग्रेस र एकीकृत समाजवादी अगाडि

Bhugolpark

१७ मंसिर, २०७९,०७:०८

बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले अग्रता फराकिलो पारेका छन्। पछिल्लो मत परिणाम अनुसार पाण्डे २६४६ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन्। 

सुरूदेखि नै अगाडि रहेका पाण्डेले १२७०५ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले १००५९ मत ल्याएका छन् ।

त्यसैगरी प्रदेश सभा सदस्यका लागि (क) मा एकीकृत समाजवादीका नरेशकुमार शाहीले अग्रता लिएका छन्। उनले ७५२८ मत पाएका छन् भने नेकपा एमालेका बलदेब रेग्मीले ७ हजार २०७ मत ल्याएर पछ्याइरहेका छन्।

यहाँ नेकपा (माओवादी केन्द्र) का कर्णबहादुर विकले ९४१ मत प्राप्त गरेका छन्।

त्यसैगरी प्रदेश (ख) मा नेपाली कांग्रेसका पदमबहादुर शाहीले अग्रता लिएका छन् । उनले ८ हजार ९२२ मत पाउँदा एमालेका लालबहादुर थापाले ७ हजार ४४७ मत पाएका छन्।


231 Views

Comments