राष्ट्रपतिको निर्वाचनबारे आयोगले दायाँबायाँ गर्नु आवश्यक छैन : उपसभापति खड्का

Bhugolpark

१५ माघ, २०७९,१३:२८

काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले फागुन २८ अगावै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताएका छन् । उनले निर्वाचन आयोगले दायाँबायाँ नहेरी, नसोची फागुन २८ अगावै राष्ट्रपतिको निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्नुपर्नेसमेत माग गरेका छन् ।

उनले संवैधानिक संस्थाको गरिमा बचाउनका लागि समेत आयोगको त्यस्तो निर्णय श्रेयस्कर हुने बताए ।

‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई बाहिर निकाल्नु उपयुक्त हुन्छ,’ खड्काले सामाजिक सञ्जालमा भनेका छन्, ‘संवैधानिक संस्थाको गरिमाको लागि पनि त्यही श्रेयस्कर हुन्छ । यसतर्फ बेलैमा ध्यान जाओस् ।’



257 Views

Comments