युवा स्की टिम कोरियातर्फ प्रस्थान

Bhugolpark

२१ फाल्गुन, २०७९,१८:४२

फागुन २१,काठमाडौं–भूगोल पार्क परिवारको तर्फबाट दक्षिण कोरियामा हुने युथ स्की ट्रेनिङ क्याम्प एन्ड कम्पिटिसनमा सहभागी हुन पाँच सदस्यीय नेपाली टिम आइतबार त्यसतर्फ प्रस्थान गरेको  टिमले नेपालको शिर उच्चराख्न पदक प्राप्ति गर्न सफलता मिलिस भनी शुभकामना व्यक्त गर्दछौं ।

एसियामा शीतकालीन खेललाई अझ लोकप्रिय र विस्तार गर्न यस प्रकारको प्रशिक्षण र प्रतियोगिताको कार्यक्रम गरिएको आयोजकले बताएको छ ।

नेपाली टिमको प्रशिक्षकमा शाहसराम श्रेष्ठ रहेका छन् भने खेलाडीमा नर्बु शेर्पा, नवीन तामा, छोवाङ मिनग्युर तामाङ र सोयबमान श्रेष्ठ रहेका छन् । नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठ र कमिटीकै उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले एक समारोहबीच बिदाइ गर्नु भएको छ ।



335 Views

Comments