राप्रपाले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने

Bhugolpark

२५ फाल्गुन, २०७९,१०:०५

२५ फागुन,काठमाडौं ।  भूगोल पार्कको दृष्टिकोणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेसँगै आठ दलीय मजबुद गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा भारी मतान्तरले जित्ने सुनिश्चित भएको छ।

 हिजो बसेको कार्य सम्पादन समितिको बैठकले आज हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

आफूहरूको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरिएको उनले बताए । आज राष्ट्रपतिका लागि मतदान हुँदैछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धामा छन् ।



225 Views

Comments